आइतबार १२ मंसिर २०७८

बझाङ –बझाङमा पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । जिल्लाको थलारा गाँउपालिका वडा नं ४ डिख्लामा मंगलबार पहिरो जादा २३ जना बेपत्ता भएका हुन । बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेका छन् ।

तल्लो डिख्ला र माथिल्लो डिख्ला गाँउका स्थानिय विस्थापित भई त्रिभुवन मा.वि महेन्द्रधारमा बसिरहेका छन् । गाँउ पहिरोको जोखिममा रहेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ती मा.वि पाराकाट्नेका शिक्षक मदन बहादुर साउँदले बताए ।

बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उद्धारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए । यस्तै गाँउभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा दुई गाँउका ७ घर पुरिएका छन् ।

यो पनि पढ्नुहोस –धरानमा आज परेको अबिरल बर्षाको कारण घर पु’रिदा दुई जना बच्चाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा सुनसरी धरान उपमहानगरपालिका १३ नागेश्वर मार्ग बस्ने निसान राईको छोरी ८ बर्षीया निसु राई र छोरा ४ बर्षीय निहान राई रहेका छन् ।

आज दिउसो पौने २ बजे घरमाथीबाट पहिरो झरी उनको १ तले टिनको छाना भएको घर पु’रिदा सो घर भित्र रहेका दुई जना बच्चा समेत पु’रिएका थिए ।निकै बेरको प्रयासपछि बालबालिका फेला परेको उ’द्धारमा संलग्न कृष्ण राउतले बताए । उनका अनुसार दुवै बालबालिकालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय धरानबाट उद्धारको लागी प्रहरी टोली खटि गएको थियो । उद्धारमा खटिएको प्रहरी टोलीले दिउसो साढे ३ बजे दुईजना बच्चालाई मृ’त अबस्थामा फेला पारेको हो ।सो घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।

यो पनि पढ्नुहोस –लगातार हावापानीले झापामा १२ हजार हेक्टरभन्दा बढी धान बालीमा क्षति पुगेको छ । बेमौसममा भएको हावासहितको मनसुनी वर्षाले झापामा १२ हजार हेक्टरभन्दा बढी धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

अविरल हावापानीले मुख्य धानबालीमा क्षति पुगेकोले किसानलाई तत्काल राहतको घोषणा गर्न सरोकारवालाहरुले माग गरेका छन् । बेमौसमी बर्षाको कारणले कृषक रोईरहेकोले तीन तहका सरकारले अविलम्ब कृषकलाई वडा स्तरबाट क्षतिको सहि मुल्याङ्कन गरि उचित राहत उपलब्ध गराउन कचनकवलका कृषक नवराज भट्टराइले अनुरोध गरेका छन् ।

बि’पत्तिमा कृषकलाई साथ सहयोग नगर्ने हो भने कृषक कृषि पेशाबाट बिमुख हुन बा’ध्य हुने उनको भनाइ छ । बेला छदै पिडामा रहेका कृषकलाई साथ सहयोग नगर्ने हो भने खाद्यन्यमा आत्मानिर्भर बन्ने योजना नारामा मात्र सिमित हुने उनको भनाइ छ ।

झापा क्षेत्र नं ३ का सांसद राजेन्द्र लिङ्देनले असमयको वर्षा र बतासका कारण कृषकको मुख्य बाली धानमा व्यापक क्षति पुगेकोले अप्ठ्यारोमा परेका कृषकहरूका लागि तत्काल राहतको घोषणा गर्न माग गरेका छन् ।उनले त्यसतर्फ नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

त्यस्तै जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष दिपेनवाला राईले अविरल बर्षाका कारण धानबालीलगायत अन्य बालीहरु न’ष्ट हुँदा किसानहरु मारमा परेको भन्दै तीनै तहका स्थानीय, प्रदेश र सङ्घीय सरकारको ग’म्भीर ध्यानाकर्षण गराएका छन् । उनले पीडित किसानलाई राहत प्याकेजको ब्यवस्था गर्न माग गरेका छन् ।

त्यस्तै कुमार सिटौलाले स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकार सबैको ध्यान त्यतातिर जाओस् भन्दै बर्षभरि खाने अन्नको दुराबस्था भएकाले राहतको प्याकेज ल्याउने कुरामा सबै तहको सरकारको एकमत हुनुपर्नेमा जोड दिएका छन् । अगाडि पाकेको र का’टिसकेको धानमा पुरै क्षति पुर्याएको कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहले बताए ।

वर्षा जारी रहेकोले क्षतिको अन्तिम विवरण आइनसकेपनि ४० प्रतिशत धानबालीमा क्षति पुगेको उनको भनाइ छ । क्षतिको विवरण आउने क्रम जारी रहेको उनले जनाए । बङ्गालको खाडी र मध्य भारतमा रहेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण शनिबार रातिदेखि हावासहितको वर्षा भइरहेको छ ।

४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया