राजालाई जति देशको माया नेतालाई हुदैन, राजतन्त्र नै अन्तिम विकल्प हो: मनिषा कोइराला
यो सत्य होकि, जस्तो नागरिकका रुप हुन्छन्, देशले त्यस्तै अनुहारका नेता पाउने हो । हामी जस्तो छौं, नेताहरु पनि त्यस्तै जन्मिने कुरामा कुनै दुईमत नहोला । नागरिकका केहि कर्तब्य छन्, जस्ले देशका आधा समस्या हल गर्छ । राजनीति दल, नेतालाई आलोचना गर्ने अधिकार त्यो ब्यक्तिले मात्र, राख्छ, जस्ले कुनै न कुनै कर्तब्य देशप्रति निर्वाह गरेको हुन्छ ।
उदाहरणका लागि, हामी एकछिन सडक,वजार, अस्पताल, स्कुल, कलेज, कार्यालय वा जहिंतहिं हेर्यौं भने हामी सारा नेपाली आफ्नो कर्तब्यवाट च्युत भइरहेका छौं । जबसम्म नागरिकले आफ्नो तर्फवाट उच्च सभ्यता सिक्दैनौं, तबसम्म ठुला ठुला विकास भएरपनि हाम्रो समाज माथि उठ्न सक्दैन । त्यसैले, ठुलो कुरा हाम्रो कर्तब्य महत्वपुर्ण हो । के भारतको विहारमा, कलकत्तामा, उत्तरप्रदेशमा हाम्रो भन्दा धेरै विकास भएको छैन र ? तर, के त्यहाँ नागरिक सुखी, खुशी र स्वतन्त्र छन् ? पक्कै छैनन् । जहाँ दैनिक हजारौं महिला हिंसा, कुरीति, अन्धविश्वास, जडता, हुकुमी शासन, असभ्यता लगायत कुसंस्कारवाट समाज नारकीय खाल्डोमा जकडिएको छ । विश्वमा यस्ता केहि देशका स्थान छन्, जहाँ रेल कुद्छन्, तर त्यहि रेल मुनि दैनिक अपराध र बलत्कारका घटना भइरहेका हुन्छन् । त्यसैले, नागरिकको चेतनास्तर नउठेसम्म सामाजिक सभ्यता माथि उठ्न सक्दैन ।
हुन त हाम्रो स्कुलिङ यिनै दलका विधान, घोषणापत्र र आन्दोलनको मार्गले निर्धारण गरिदियो । त्यहि भएर हामी उग्र, अशिष्ट, ब्यभिचार, भ्रष्ट, कुलंघार, असभ्य, नरपशु जस्ता हर्कत सिक्दै आयौं । उदाहरणका लागि हर्न बजाउन हुँदैन, चर्को बोल्न हुँदैन भन्यो भने झन एकोहोरो चिच्याइरहन्छौं । नेता गतिला भएनन्, भन्न सक्छौं, आँफै गतिलो वनेर उदाहरण पेश गर्न सक्दैनौं । के हामी नेता भन्दा एक कदम अघि बढेर सभ्यता सिक्न सक्दैनौं ? केहि दलहरुले हत्या, हिंसा, अपराध, आरोप, भड्काउन मात्र सिकाए । के आज हामी त्यहि सिक्यौं, जुन ति भ्रष्ट दलहरुले अपराध सिकाएर छोडे ? हिजो सिनेमा हलमा, कलेजमा, गाउँवाट बेंसीमा, घरवाट बजारमा एक्लै जान हिम्मत राख्ने हाम्रा हजुरमुमाहरु, आमाहरु, दिदिवहिनीहरु आज किन एक्लै हिंड्न सक्दैनन् ? किन यस्तो भयो समाज ? किनकी केहि दलले सिकाएको हिंसा सिक्यौं । तर, हिंसा गर्ने दलहरुको विरोध गर्ने सभ्य नागरिकको कुरै सुनेनौं । त्यसको परिणाम आज सिंगो समाज हिंसाग्रस्त भएको छ ।
अब हामीले यो मानेमा चिन्ता गर्न जरुरी छ, हामीले राजनीति परिवर्तन गरेर समाजमा हिंसामुखी बनाउँदै त लगेनौं ? समाजलाई असभ्य त बनाएनौं ? यो राजनीति परिवर्तनले न देश वनायो, न तपाई हामीलाई वनायो, न कसैलाई बनायो । मात्र हिंसाको विजारोपण गरेर एैंजेरु उत्पादन गरिदियो । जुन, उखेल्न फेरि नेपालले अर्को घनघोर रक्तपात मच्चाउने दिन आउन सक्छ । आखिर, हामी कहिलेसम्म दलहरुले सिकाएको असभ्यतालाई सिकिरहने ? किन हामी स्वंय सभ्य र उच्च संस्कारी नागरिक बन्न सक्दैनौं ? जबसम्म यो प्रश्नको हल गर्न सक्दैनौं, तबसम्म अरु प्रश्नको उत्तरले खासै अर्थ राख्ने छैन ।
देशको माया राजालाई मात्र हुन्छ । कुनै पनि राजाले देशको अहित चाहंदैनन् । किनकी आफ्नो देश रह्यो भने मात्र राजा हुन पाइन्छ भन्ने राजाले जानेका हुन्छन् । राजाको स्वार्थ भनेकै राजा हुने मात्र हो , अरु कुनै स्वार्थ हुंदैन । आफ्ना जनता दुख पाउन भन्ने कुनै राजाको उद्धेस्य हुंदैन । तर, हरेक नेतामा यी कुनै पनि गुण हुंदैनन् । देश र जनता नरहे पनि पार्टी रहनुपर्छ भन्ने नेताको लक्ष्य हुन्छ । अहिलेसम्म नेपालको इतिहासले यहि सिद्ध गरिदिएको छ । साभार