Saturday, January 16

बिज्ञान प्रबिधि

तिहारमा मोटरसाइकल किन्नेहरुका लागी आयो खुशीको खबर!!!, पल्सर Bike ८ हजार ८८७ रुपैयाँमा धमाधम बिक्री सुरु !

तिहारमा मोटरसाइकल किन्नेहरुका लागी आयो खुशीको खबर!!!, पल्सर Bike ८ हजार ८८७ रुपैयाँमा धमाधम बिक्री सुरु !

Posted in बिज्ञान प्रबिधि
खुसिको खबर – अफरमा आयो अहिलेसम्मकै सस्तो मुल्यको पल्सर बाइक ! बजाज मोटरसाइकलको लागि नेपालका लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले आजबाट चाडपर्व लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको ग्राहक योजनामा २० प्रतिशत डाउन पेमेन्टमा पल्सर १२५ किन्ने सोच बनाएका ग्राहकले मासिक ८ हजार ८८७ रुपैयाँ किस्ता तिरेर किन्न सक्ने छन् । *** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **** कम्पनीले आज सार्वजनिक गरेको स्कीम अनुसार २० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले १६ प्रतिशत व्याजदरमा कर्जा प्राप्त गर्न सक्ने छन् । पल्सर १२५ को मूल्य २ लाख २६ हजार ९०० रुपैयाँ निर्धारण गरेर कम्पनीले बिक्री गर्दै आएको छ । यस्तोमा २० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले ४५ हजार ३८० रुपैयाँ डाउन पेमेन्ट वापत बुझाउनु पर्छ भने १ लाख ८१ हजार ५२० रुपैयाँ २४ किस्तामा तिर्नेगरि कर्जा लिन सक्न
विश्वकै पहिलो आकाशमा उड्ने कार यस्तो छ ….जान्नुहोस् मूल्य !

विश्वकै पहिलो आकाशमा उड्ने कार यस्तो छ ….जान्नुहोस् मूल्य !

Posted in बिज्ञान प्रबिधि
कुनै समय गाडी भन्नु एउटा कल्पनाको कुरा थियो । तर, विश्वमा प्रविधिले एकपछि अर्को नयाँ विकास गरेको छ । कारमा त धेरैजसो चढ्नुभएको छ । नचढे पनि देख्नु त पक्कै भएको छ । केही वर्षयता चर्चामा रहेको कारको पछिल्लो रुपमा उड्ने कार हालै बजारमा उपलब्ध भएको छ । यो कारको विकाससँगै अब ट्राफिक कम हुने आँकलन पनि गरिएको छ । युरोपमा यो कारलाई चलाउन अनुमति समेत दिइएको छ । पर्सनल एयर ल्याण्ड ह्वीकलले निर्माण गरेको यो कार झट्ट हेर्दा सुपरकारजस्तो देखिन्छ ।युरोपको रोडमा यसको सफल परीक्षण गरिएको छ । साथै यसलाई सडकमा चलाउन अनुमति दिइएको छ । यो कारको परीक्षण फेब्रुअरी २०२० देखि गरिँदै आएको थियो । उक्त कम्पनीले सन् २०१२ मै यसको प्रोटोटाइप उडाउन सफल भएको थियो । हाललाई उक्त कारको मूल्य ३ लाख ९९ हजार डलर राखिएको छ । उक्त मूल्यमा कार भने समावेश गरिएको छैन । ताजा खबर बाट
रेड मर्करी पाउने भ्रममा पुरानो रेडियो-टिभी खोज्नेहरू बढे…

रेड मर्करी पाउने भ्रममा पुरानो रेडियो-टिभी खोज्नेहरू बढे…

Posted in बिज्ञान प्रबिधि
पुरानो काठका आवरण भएको रेडियो वा टेलिभिजनमा रेड मर्करी पाइन्छ भन्ने भारत हुँदै छिरेको हल्लापछि अहिले काठमाडौं, विराटनगरसहित देशका विभिन्न भागमा यस्ता रेडियो-टिभी खोज्नेका संख्या बढेको छ । विराटनगरका एक व्यवसायीका अनुसार करिब २ महिनायता भारततिरबाट आएका केही व्यक्तिले घर-घरमा पुगेर पुराना रेडियो-टिभी महँगो दाममा किन्ने भन्दै हिँडेका छन् । कम्तिमा ५ लाखदेखि ५० लाख रूपैयाँसम्म मूल्य पाइने भनिएपछि केही व्यक्तिहरू यसको खोजीमा गाउँघरतिरसम्म पसेका छन् भने केहीले सामाजिक सञ्जालमा विज्ञापनसमेत हालेका छन् । रेड मर्करी हल्लाका बारेमा साउथ एसिया चेकका लागि दीपक अधिकारीले तयार पारेको फ्याक्टचेकः केही दिनयता फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा पुरानो टिभी र रेडियोमा रेड मर्करी भनिने पदार्थ पाइने र त्यो बिक्री गरेमा ठूलो रकम हात पर्ने दाबी सहितका पोष्ट सेयर गरिएका छन् । “पुरानो टिभी रेडियो
२०५० सम्ममा मंगल ग्रहमा १० लाख मानिस पु-याउने योजना, दैनिक ३ उडान हुने

२०५० सम्ममा मंगल ग्रहमा १० लाख मानिस पु-याउने योजना, दैनिक ३ उडान हुने

Posted in बिज्ञान प्रबिधि
काठमाडौं । मंगल ग्रहमा बस्ती बसाउने महत्वाकांक्षी योजनामा काम गरिरहेको कम्पनी ‘स्पेसएक्स’ले उक्त ग्रहमा जानको लागि हरेक दिन तीन उडान सञ्चालन हुने जनाएको छ । टाइम म्यागजिनसँगको कुराकानीका क्रममा स्पेसएक्सकी सीओओ गिन्नी शटवेलले यस्तो बताएकी हुन् ।करिब दुई दशकदेखि अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सले मंगल ग्रहमा मानिस लैजाने परियोजनामा काम गरिरहेको छ । स्पेसएक्सकी सीओओ गिन्नी शटवेलका अनुसार हरेक उडानमा एक सय जना मानिसले मंगल ग्रह जान पाउनेछन् ।एक वर्षमा एक हजार उडान हुनेछन् । २०५० सम्म मंगल ग्रहमा १० लाख मानिस पु¥याउने स्पेसएक्सको योजना रहेको छ । कम्पनीले मंगल ग्रहमा इन्टरनेटको सुविधाको लागि काम गरिरहेको सीओओ शटवेलले बताएकी छन् ।उनका अनुसार स्टारलिंकका स्याटेलाइटहरुले पृथ्वी र मंगल ग्रह दुवैतर्फ इन्टरनेट सुविधा उपलब्ध गराउने छन् र उक्त स्याटेलाइटले दुई ग्रहमा रहेका मानिसहरुलाई जोड्ने काम
खुसिको खबर : नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो डाटा प्याक ,ह्याप्पी लर्निङ प्याक’

खुसिको खबर : नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो डाटा प्याक ,ह्याप्पी लर्निङ प्याक’

Posted in बिज्ञान प्रबिधि
काठमाडौँ – कोरोना महामारीको बेला अनलाइन माध्यममार्फत कक्षा सञ्चालनको लागि सस्तो मूल्यमा डाटा उपलब्ध गराउन नेपाल टेलिकम र निजी तथा आवासीय विद्यालय अर्गजाइजेशन नेपाल प्याब्सनबीच सम्झौता भएको छ। कम्पनी र विश्वविद्यालय अनुदान आयोगबीच भदौ ८ गते सम्झौता भएर देशभरका विश्वविद्यालय, आङ्गिक क्याम्पस तथा सामुदायिक क्याम्पसका शिक्षक विद्यार्थी तथा अनुसन्धानकर्तालाई उपलब्ध गराइएको ‘ मङ्गलबारदेखि विद्यालयस्तरका विद्यार्थी तथा शिक्षकका लागि पनि उपलब्ध गराउन प्याब्सनसँग सम्झौता भएको हो। यो प्याकेजका प्रयोगकर्ताले तीन सय १५ रुपैयाँमा २४ जीबी र पाँच सय रुपैयाँमा ३५ जीबी डाटा प्राप्त गर्न सक्ने छन्। २४ जीबी डाटा प्याकेजमा २० जीबी डाटा जुम , माइक्रोसफ्ट टिम्स र गुगल मीट मा ई–लर्निङ एप्लिकेशन प्रयोग गर्नका लागि र बाँकी चार जीबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ। यसैगरी ३५ जीबी ड
दशै‌ं अफर, सस्तो मुल्यको पल्सर बाइक…..( मूल्य सहित )

दशै‌ं अफर, सस्तो मुल्यको पल्सर बाइक…..( मूल्य सहित )

Posted in बिज्ञान प्रबिधि
काठमाडौं / बजाज मोटरसाइकलको लागि नेपालका लागि आधि कारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले आजबाट चाडपर्व लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको ग्राहक योजनामा २० प्रतिशत डाउन पेमेन्टमा पल्सर १२५ किन्ने सोच बनाएका ग्राहकले मासिक ८ हजार ८८७ रुपैयाँ किस्ता तिरेर किन्न सक्ने छन् । कम्पनीले आज सार्वजनिक गरेको स्कीम अनुसार २० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले १६ प्रतिशत व्याजदरमा कर्जा प्राप्त गर्न सक्ने छन् । पल्सर १२५ को मूल्य २ लाख २६ हजार ९०० रुपैयाँ निर्धारण गरेर कम्पनीले बिक्री गर्दै आएको छ । यस्तोमा २० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले ४५ हजार ३८० रुपैयाँ डाउन पेमेन्ट वापत बुझाउनु पर्छ भने १ लाख ८१ हजार ५२० रुपैयाँ २४ किस्तामा तिर्नेगरि कर्जा लिन सक्ने छन् । कम्पनीले ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकलाई सून्य प्रतिशत व्याजदरमा पल्सर १२५ दिने छ । बाँक
तपाईंको फेसबुक अरु कसैले लुकेर हेरिरहेको त छैन ? थाहा पाउन यसो गर्नुहोस्

तपाईंको फेसबुक अरु कसैले लुकेर हेरिरहेको त छैन ? थाहा पाउन यसो गर्नुहोस्

Posted in बिज्ञान प्रबिधि
काठमाडौं । अहिलेको समयमा फेसबुक प्रयोग नगर्ने स्मार्टफोन प्रयोगकर्ता निकै थोरै हुन्छन् । सामान्य हिसाबले इन्टरनेट प्रयोग गर्ने हरेक व्यक्तिले फेसबुक प्रयोग गर्ने अन्दाज गरिन्छ । तर फेसबुकमा कसैले जासुसी गरिरहेको छ वा छैन भन्ने कुराको जानकारी राख्ने उपायको भने एकदमै थोरै प्रयोगकर्तालाई मात्र थाहा हुन्छ । यदि तपाईंलाई आफ्नो फेसबुक अरुले हेरिरहेको वा चलाइरहेको छ वा छैन, थाहा पाएर ढुक्क हुने तरिको जानकारी छैन भने पनि चिन्ता नलिनुहोस् । आज हामी तपाईंलाई अरुले आफ्नो फेसबुकको निगरानी गरिरहेको थाहा पाउने तरिकासँगै त्यसलाई कसरी रोक्ने भन्ने विषयमा समेत बताउँदै छौं । कसैले जासुसी गरे वा नगरेको कसरी थाहा पाउने ? यदि तपाईंले कार्यालयको कम्प्युटर वा अरु कसैको मोबाइल तथा ल्यापटपबाट आफ्नो फेसबुक खोल्नु भएको थियो भने लग आउट गर्न बिर्सिनु भएको हुनसक्छ । यस्तोमा उक्त डिभाइसमा पासवर्ड नै सेभ हुने ग
कोभिड र लकडाउनले बढायो डिजिटल बैंकिङ !

कोभिड र लकडाउनले बढायो डिजिटल बैंकिङ !

Posted in बिज्ञान प्रबिधि
काठमाडौं । कोभिड–१९ को महामारी र संक्रमण फैलिन नदिन गरिएको लकडाउन, निषेधाज्ञाका कारण विद्युतीय बैंकिङ कारोबारमा उच्च वृद्धि भएको छ । बैंकको शाखामा पुगेर कारोबार गर्न असहज अवस्था र नेपाल राष्ट्र बैंकसहित बैंक तथा वित्तीय संस्थाले विद्युतीय कारोबारलाई प्रोत्साहन गरेसँगै डिजिटल बैंकिङ कारोबार बढेको हो । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैशाख जेठ र असार महिनामा विद्युतीय कारोबारमा उल्लेख्य बृद्धि भएको छ। २०७६ चैतमा भन्दा २०७७ असारमा विद्युतीय कारोबार ३८.३५ प्रतिशतले बढेको छ। चैतमा ९ खर्ब १५ अर्ब ७ करोड ६२ लाख रुपैयाँको विद्युतीय कारोबार भएकोमा गत असारमा ३ खर्ब ५० अर्ब ८८ करोड ४४ लाख रुपैयाँले बढेर १२ खर्ब ६५ अर्ब ९६ करोड ६ लाख रुपैयाँ पुगेको छ। हाल एटिएम, मोवाईल र इन्टरनेट बैंकिङ, डेविड/क्रेडिट कार्ड, आरटिजिएस, कनेक्ट आइपिएस र वालेटलगायतका विद्युतीय भुक्तानी प्रविधि प्रचलनमा रहेका
नेपाल आइपुग्यो केटीएम ड्यूक २०० को बीएस ६ मोडल, पुरानो मोडल भन्दा धेरै आकर्षक यो बाइक निषेधाज्ञा सकिए लगत्तै ३० हजार रुपैयामा आफ्नो बनाउन सकिने (मुल्य सहित)

नेपाल आइपुग्यो केटीएम ड्यूक २०० को बीएस ६ मोडल, पुरानो मोडल भन्दा धेरै आकर्षक यो बाइक निषेधाज्ञा सकिए लगत्तै ३० हजार रुपैयामा आफ्नो बनाउन सकिने (मुल्य सहित)

Posted in बिज्ञान प्रबिधि
प्रिमियम ब्राण्ड केटिएमको केटीएम ड्यूक २०० को बीएस ६ मोडल नेपाल आइपुगेको छ । नेपालको लागि आधिकारकि वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले बीएस ६ भर्सनको केटीएम ड्यूक २०० जारी निषेधाज्ञा सकिए पछी कारोबार सुरु हुने जनाएको छ । अहिलेको लागि ग्राहकले ड्यूक २०० बीएस ६ पुल्चोक र नक्सालमा रहेको केटीएमको आधिकारिक शोरुमबाट बुकिङ गर्न सक्ने छन् । ३० हजार रुपैयामा केटीएम ड्यूक २०० को बीएस ६ बुकिङ गर्न सकिने कम्पनिले जनाएको छ । ग्राहकले कम्पनीको आधिकारीक वेवसाइट मार्फत पनि बुकिङ गर्न सक्ने छन् । २०० सिसि सेग्मेन्टमा सबै भन्दा पावरफुल प्रिमियम बाइकमा गनिएको केटीएम ड्यूक २०० बीएस ६ मोडलमा १९९.५ सीसी सिंगल सिलिन्डर, एफआई, लिक्वीड कुल्ड इन्जिन रहेको छ । जसले १०००० आरपीएममा २५ पीएस पावर तथा ८००० आरपीएममा १९.३ एनएमको टर्क जेनेरेट गर्छ । जुन नेपालमा उपलब्ध यो सेग्मेन्टको बाइक मध्य सबै भन्दा पावरफुल हो । ६
१३ हजार मासिक किस्तामा नै किन्न पाइने दुई नयाँ कार … .

१३ हजार मासिक किस्तामा नै किन्न पाइने दुई नयाँ कार … .

Posted in बिज्ञान प्रबिधि
सामान्यतया मोटरसाइकलको मासिक किस्तामा बराबर तिर्दा नयाँ कार किन्न पाइन्छ भन्दा धेरैले पत्ताउने गरेका छैनन् । तर, ३ लाख ५० हजारको मोटरसाइकल ३० प्रतिशत डाउन पेमेन्ट गरेर किन्दाको मासिक किस्ता र कारको मासिक किस्ता लगभग उस्तै पर्छ । तर, कार चढ्नेले यस्तो किस्ता ८ वर्षसम्म तिर्नु पर्छ भने मोटरसाइकल चढ्नेले २ वर्ष मात्रै तिर्दा पुग्छ । यस्तोमा नेपालमा बिक्री हुने दुई कार चढ्ने ग्राहकले मासिक १३ हजार किस्ता तिर्नेगरि कार चढ्न सक्ने छन् । अहिले नेपालमा मारुती सुजुकीको आधिकारक वितरक सिजी मोटोकर्पले बिक्री गर्दै आएको अल्टो ८०० र पायोनियर मोटोकर्पले बिक्री गर्दै आएको रेडी गो सबैभन्दा कम मूल्यका कार हुन् । यी दुबै मोडल एक अर्काका प्रतिस्पर्धी हुन् । अल्टो ८०० एसटीडी मोडलको मूल्य १८ लाख ९९ हजार र डाट्सन रेडी गो मोडलको मूल्य १९ लाख ९९ हजार रुपैयाँ रहेको छ । यी दुबै मोडलमा बिक्रेता कम्पनीले कम्तीमा १