काठमाडौं । बजाजले पहिलो पटक २५० सीसी सेग्मेन्टमा पल्सर मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले अक्टोबर २८ तारिखमा यसलाई सार्वजनिक गर्ने घोषणा गरेको हो ।
यसअघि विभिन्न चरणमा परिक्षण भएको नयाँ जेनेरेसन पल्सर दुई अलग मोडलको रुपमा बजारमा आउने पक्का भएको हो ।
कम्पनीले नेकेड र सेमी फियरिङ डिजाइनमा नयाँ जेनेरेशन पल्सर बजारमा ल्याउने छ । परिक्षणको क्रममा यसअघि दुबै डिजाइन देखियो थियो । कम्पनीले दुबै भेरियन्ट एकैपटक बजारमा ल्याउने अनुमान गरिएको छ ।
यसअघि परिक्षणको क्रममा देखिएको मोटरसाइकललाई पूर्णरुपमा ढाकिएको कारण सबै फिचरको बारेमा जानकारी बाहिर आएको छैन । मोटरसाइकलमा व्ल्यूवाउस फ्यूल ट्याङ्क, स्लीक टेलल्याम्प, अगाडि कन्भेन्सनल टेलिस्कोपीक फर्क र पछाडि मोनोशक सस्पेन्सन दिइएको भने देखिन्थ्यो ।
छोटो अप स्वीप्ट एग्जस्ट, अलोय ह्वील, दुबै चक्कामा सिंगल डिस्क ब्रेक, क्लीपअन ह्याण्डलवार, स्प्लीट सिट, स्प्लीट पिलियन ग्रावरेल, ड्यूल च्यानल एबीएस, फुल डिजिटल क्लष्टर, सबै लाइट एलइडी रहने छन् ।
२५० सीसी सेग्मेन्टमा आउने यसको पावर र टर्कको विषयमा अहिल्यै यस्तो हुन्छ भन्ने विषय भन्नु चाँडो हुनेछ । तर, केटीएम ड्यूक २५० मा रहेको इन्जिनमा आधारीत रहने अनुमान भने गर्न सकिन्छ ।
नयाँ जेनेरेशन पल्सर नयाँ प्ल्याटफर्ममा निर्माण भइरहेको छ । यसैले यसमा नयाँ फ्रेम र पहिलो पटक मोनोशक सस्पेन्सको प्रयोग भएको हुनेछ ।