मंगलबार १० जेठ २०७९

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरिएको छ । घरासयी विवादमा बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेल बस्ने २१ वर्षीय भक्तबहादुर थापाले २४ वर्षीया श्रीमती लक्ष्मी तामाङको हत्या गरेका हुन् ।

घरासयी विवाद हुँदा बिहीबार राति १०:४० बजेतिर मासु काट्न प्रयोग हुने दाउले घाँटीको अगाडिको भागमा प्रहार गरेका थिए । दाउ प्रहारबाट गम्भीर घाइते लक्ष्मीलाई चुनिलेखस्थित करुणा अस्पताल लगिएको थियो ।

उपचारको क्रममा शुक्रबार राति ११:४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि भक्तबहादुर फरार भएका थिए । फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका थापालाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१२ को ज्यान सम्बन्धी कसुर अपराधमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले आवश्यक अनुसान्धान गरिरहेको छ । प्रहरीले घटनामा प्रयोग गरिएको दाउसमेत बरामद गरेको छ ।

३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया