मंगलबार १० जेठ २०७९

काठमाडौँ । हामी सबैसँग धेरै–थोरै धन हुन्छ नै। हामी सबै यहीँ चाहन्छौं कि हाम्रो धन दिनानुदिन बढीरहोस। जान्नुहोस् हाम्रो आफ्नो धन-सम्पदा, बहुमुल्य सामग्री र आभूषण कुन दिशामा कसरी राख्ने जसले गर्दा धन वृद्धि हुनेछ। यस्तो छ उपायः

पूर्व दिशा
यहाँ घरको सम्पत्ति र तिजोरी राख्नु निकै शुभ हुने गर्दछ। यसबाट उपलब्ध सामग्रीमा वृद्धि हुने गर्दछ।

पश्चिम दिशा
यहाँ धन-सम्पत्ति र आभूषण राखियो भने घरको मुखियालाई धन कमाउन निकै कठिनाई हुने गर्दछ।

यो पनि पढ्नुहोस
आज यी ८ राशिका लागि मिलेको छ भगवान शिवको आर्शिवाद, हेर्नुहोस् सोमबारको…

यी दुई राशिका पुरुषकोे हुन्छ भगवान शिवको जस्तो भाग्य, पाउँदछन् पार्वती…

उत्तर दिशा
पैसा अथवा आभूषण जुन दराजमा राखिन्छ त्यो दराजमा भवनको उत्तर दिशाको कोठामा दक्षिणको भित्तामा टासेर राख्नु पर्दछ। यस प्रकारले राख्नाले दराज उत्तर दिशा तर्फ खुल्नेछ। यस्तोमा राखिएको पैसा र आभूषणमा सधै वृद्धि हुने गर्दछ।

दक्षिण दिशा
यस दिशामा धन, सुन, चादीँ र आभूषण राख्नाले नोक्सान त हुदैन तर बढ़ोत्तरी पनि हुँदैन। भर्याङको मुनि दराज राख्नु शुभ मानिन्न। भर्याङको अथवा शौचालयको अगाडि दराज राख्न हुदैन। दराज भएको कोठामा फोहोर, माकुराको जालो हुनाले नकारात्मक ऊर्जा उत्पन्न हुने गर्दछ।

घरको दराजमा लक्ष्मीको तस्वीर अंकित चाँदीका सिक्का राख्नु निकै शुभ मानिन्छ । जसमा दुवै हात्ती सूंड उठाएका देख्न सकिन्छ। यस्तो तस्वीर अंकित चाँदीको सिक्का राख्दा सधैँ लक्ष्मी माताको कृपा प्राप्त हुने र धन सम्पत्तिमा वृद्धि हुने शास्त्रमा उल्लेख छ।

३९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया

satta king gali