बिहिबार ०५ जेठ २०७९

२ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लब र प्रदेश १ बीच यसअघि स्थगित भएको खेल सोमबार हुने भएको छ ।

समूह ए मा रहेका पुलिस र प्रदेश १ बीचको खेल शनिबार तय थियो । तर, प्रदेश १ का खेलाडीमा कोरोना संक्रमणको आशंका भएपछि खेल स्थगित गरिएको थियो ।प्रदेश १ को म्यानेजमेन्टले खेलाडीहरूको कोरोना परीक्षण गर्न माग गरेपछि नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार खेल स्थगित गरेको थियो ।

प्रदेश १ का खेलाडीहरुको कोरोना परीक्षण गर्दा एक खेलाडीमा मात्र पोजेटिभ आएको र स्थगित खेल सोमबार हुने क्यानले जनाएको छ ।आइतबारै प्रदेश १ र सुदूरपश्चिम बीचको खेल भने पूर्व निर्धारित तालिका अनुसार नै भइरहेको छ ।समूह ए बाट पुलिस समूह विजेता बन्दै सेमिफाइनल पुगिसकेको छ । प्रदेश १ को २ खेलमा १ अंक छ र सेमिफाइनल पुग्न दुवै खेल ठूलो अन्तरले जित्नुपर्छ ।

३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया