बिहिबार २३ आषाढ २०७९

चिसो बढ्दै गएपछि गरिब र विपन्न परिवारको बिचल्ली,घुर तापेर रात काट्न बाध्य
January 6, 2022 24
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
अचानक चिसो बढ्दै गएपछि त्रियुगा र चौदण्डी गढी नगरपालिका क्षेत्रका गरिब विपन्न परिवारलाई समस्या परेको छ । न्यानो लुगा र ओढ्नेको अभावमा ती परिवार समस्यामा परेका हुन् । त्रियुगा–३ मोतिगडा, त्रिनपा–१ जोगिदह, त्रिनपा–६ देउरी उत्तराई र चौदण्डी गढीको हँडियाका मुसर चिसोबाठ पीडित बनेका जनाइएको हो ।

त्रियुगा–३ मोतिगडा ठाडी मुसहर टोलका गुदर सदाले गतिलो ओढ्ने कपडा नहुँदा रातका समयमा आगो र घुर तापेर रात काट्न बाध्य भएको बताउनुभयो ।
दुई वर्षअघि त्रियुगा नगरपालिकाले वितरण गरेको केही ओढ्नेहरु कपडाहरु फाटिसकेको र लामो समयसम्म कोरोनाको प्रभावले आफूहरुले रोजगारी गुमाउन पर्दा नयाँ कपडाहरु किन्न पनि नकसकेका उनीहरुको गुनासो छ ।

त्रिनपा देउरी–६ जलजले उत्तरराई टोलका देवीराम सदाको पनि गुनासो गुदर सदाको जस्तै छ । उहाँले भन्नुभयो, “पुरानो कपडाहरु फाट्न थाले, नयाँ कपडाहरु किन्न सकिएन, झन्डै दुई वर्ष कोरोनाका कारण काम गुमाउन पर्दा घरमा खान र परिवार पाल्न नै धौ–धौ प¥यो, सातजनाको परिवारमा दुईवटा ओढ्ने कम्मल छ, चिसो बढेपछि राति पालैपालो सुत्ने र पहिलो सुत्ने उठेपछि अरू सोही लुगा ओढेर सुत्ने गरेका छौँ ।”

त्रिनपा–१ जोगिदह मुसहरी टोलका सदा परिवारहरुको पनि यस्तै समस्या छ । स्थानीय सामाजिक अभियन्ता जानुका सदाका अनुसार अधिकांश जोगिदहका मुसरहरु ओइलेनी जग्गामा बस्न र रातको समयमा घरको आँगन परिसरमा आगो तापेर रात काट्न बाध्य छन् । चौदण्डी गढी –९ हँडियाको मुसहर टोलका झन्डै ३५ घर मुसहर बस्तीमा पनि चिसो बढेसँगै ओढ्नेको अभाव हुन थालेको छ ।

उनीहरु रात्रिका समयमा आगो ताप्ने र घुर तापेर रात कटाउन बाध्य छन् । यस पटक स्थानीय पालिकाहरु र सामाजिक सङ्घसंस्थाले पनि न्यानो कपडा वितरणमा अहिलेसम्म सहयोग नगरेको ती परिवाहरुले गुनासो गरेका छन् ।(रासस)

१२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया

satta king gali