शुक्रबार ०७ माघ २०७८

तेह्रथुमको गाउँमा हेलिकप्टर चार्टर गरेर विवाह, भाडा २ लाख ७० हजार
प्रकाशित मिति: शुक्रबार, पौष २३, २०७८ समय: १०:५८:३०
12
Shares
facebook sharing button 12messenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button

गाउँको विवाहमा बस, ट्याक्सी तथा साना गाडी रिजर्भ गर्नु सामान्य नै बन्न थालेको छ ।

तर, सेलिब्रेटीहरूले गरे पनि नेपालजस्तो देशमा सामान्य नागरिकले हेलिकप्टर चार्टर गरेर विवाह गरेको कमै मात्र सुनिएको/देखिएको छ ।

छथर गाउँपालिका–२ हमरजुङ खैरेनीका २९ वर्षका सविन लिम्बुको विवाहमा हेलिकप्टर चार्टर गरेर बेहुली भित्र्याइएको छ । काठमाडौं थानकोटकी बेहुली सिम्रन क्षेत्रीलाई हेलिकप्टर चार्टर गरि भित्र्याइएको हो ।

काठमाडौंदेखि तेह्रथुमसम्मको भाडा २ लाख ७० हजार परेको परिवारजनले जानकारी दिए । बेहुली सम्पन्न परिवारकी र साना सवारी साधनमा यात्रा गर्न समस्या भएकाले हेलिकप्टर चार्टर गर्नुपरेको परिवारले जनाएका छन् । ईमेज खबर बाट

 

यो पनि पढ्नुहोस्, प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा.आरजु देउवाले बतास समूहमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेकी छन् ।

बिहीबार प्रेस नोट सार्वजनिक गर्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी आरजुले विभिन्न संघसंस्थामा आफ्नो नाम जोडेर आएका समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गरेकी छन् । ‘सञ्चारमाध्यमहरूमा विभिन्न संघसंस्थामा मेरो संलग्नता भएको भनेर समाचारहरू आएकोमा मेरो ध्यानाकर्ष भएको छ,’ आरजुले भनेकी छन् ।

उनले ग्रामीण महिला विकास तथा एकेता केन्द्र (रुडुक) नेपालमा संस्थापक अध्यक्ष तथा सल्लाहकार, साथी नेपालको संस्थापक, पूर्वअध्यक्ष तथा सल्लाहकार, सुरक्षित मातृत्व सञ्जाल महासंघको संस्थापक एवं वर्तमान अध्यक्ष, नामीको अध्यक्ष, युलियन्स स्कुलको अध्यक्ष तथा ब्लड डोनर्स एसोसिएसन अफ नेपाल (ब्लोदान)को संरक्षक रहेको र यी संस्थाबाहेक अरु कुनै पनि संस्थाहरूमा सल्लाहकार अथवा अन्य कुनै पदमा आफ्नो संलग्नता नरहेको दाबी गरेकी छन् ।

केही दिनदेखि आरजु बतास समूहको सल्लाहकार रहेको भन्दै समाचार आइरहेका थिए । बतास समूहले नारायणहिटी दरबार संग्रहालयको जग्गामा रेस्टुरेन्ट बनाइरहेको पाइएपछि प्रधानमन्त्री पत्नी आरजु पनि त्यसमा मुछिएकी हुन् ।

९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया