शुक्रबार ०७ माघ २०७८

वैदेशिक रोजगारीमा अहिले नेपालीहरु बिदेश जाने क्रम सामान्य जस्तै भै सकेको छ । तर पनि नेपालिहरु ठगिने क्रम भने उति छ। नेपाल कै मेनपावरहरुबाट उनिहरु ठगिने गरेका छन । दिनहु यस्ता समाचारहरु बाहिर आइरहन्छन । तर पनि समस्या घट्नुको सट्टा दिनानुदिन बढ्दो छ । केही दिन अगि दुबैबाट एकजना ब्याक्तिको उद्दार गरि नेपाल ल्याइए पछि उनिहरुको ठगी मुद्दा बाहिर आएको हो ।

मेनपावरले १० घण्टा दिनमा डिउटी भनी पठाएको तर दुबै पुगेको केही महिना पछो दुबै सरकारको कार्यबाहीमा परे पछि मात्र आफुहरु भिजिट भिसामा आएको भन्ने आफुहरुले थाहा पाएको ती ब्याक्तिले बताएका थिए । उनलाई वैदेशिक उद्दार संस्थाले नेपाल ल्याएको थियो । उनी नेपाल आए पनि सगैँ गएका अन्य भने उतै रहेका छन । नेपाल आए पछि उनले अहिले मेनपावरले आफ्नो पैसा फिर्ता दिनु पर्ने माग गरेका छन । तर मेनपावरले कुनै चासो नदिएको उनको गुनासो छ ।

उनिहरुलाई पठाएको डि स्वाएर ग्रुप भन्ने मेनपावरमा पीडित सहित अहिले मिडिया पुगेको छ । मेनपावरमा पुग्दा त्यहाकी चियर पर्सन दिब्या थापा भने यो समस्या वैदेशिक रोजगार बिभागमा लिएर जानुस भन्दै ढोका थुनेर बसिन । कार्यलयमा भएका डाइरेक्टरसगँ कुरा गर्दा उनले आफु केही महिना अघिबाट मात्र काम गर्न थालेको र उहाहरुको समस्या समाधान गर्न पहल गरिरहेको बताए । तर ती ब्याक्ती मिनबहादुर्लाइ दुबैबाट उद्दार गरि ल्याएको बैदेशिक उद्दार संस्थाकी प्रतिनिधिले भने आफुहरुलाई डाइरेक्टरले समस्या समाधान गर्छु भन्दै धेरै दिन पर्खाएको बताईन ।

साथै ती दिब्या थापासगँ पहिले कुरा गर्दा एक जना आइसकेको र अरु बाकी दुइ जना भाग्य भए बचेर आउँछ नत्र उतै मर्छ भनी भनेको उनले बताईन । ती प्रतिनिधि महिलाले उनिहरुलाई नेपाल फर्काउनुस भनेर आफू धेरै पटक मेनपावर आएको र आफू दुई पटक टिकटको पैसा लिएर आउदा पनि वास्ता नगरेको उनले बताईन । मिनबहादुरसगैँ गएका अन्यलाई दुई भने अहिले दुबैमा नै रहेका छन । आफुले उनिहरुको उद्दार गर्नुस भन्दा दिब्या थापाले धेरै झगडा गरेको बताईन ।

झगडा पछि तिनिहरु जता सुकै मरुन आफू नेपाल नल्याउने दिब्याले बताएको उनको भनाई छ । मिडिया सहित मेनपावर पुग्दा भने दिब्याले भेट्न मानिनन । उनलाई त्यहाका डाइरेक्टरले बोलाउदा पनि आफुहरु समस्या समाधान गर्ने भन्दै भेट्न जरुरी नभएको भन्ने जवाफ दिइन । उनले भित्रबाट प्रहरिलाई फोन गरेर मेनपावरमा बोलाईन । प्रहरी आएर वैदेशिक रोजगार बिभागमा जानुस भने । तर वैदेशिक रोजगार बिभागमा पहिले नै जादा श्रम स्वीकृत नगरेको ब्याक्तिको मुद्दा नहेर्ने भन्दै पठाएको पीडितले बताए ।भिडियो हेर्नुस:-

६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया

satta king gali