चार वर्षपछि चन्दननाथ मन्दिरको बहुमुल्य दाहिने शङ्ख भेटियो
ब चार वर्षपछि चन्दननाथ मन्दिरको बहुमुल्य दाहिने शङ्ख भेटियो
जुम्लाको चन्दननाथ मन्दिरबाट चो री भएको एक थान बहु’मूल्य दाहीने शङ्ख चार वर्षपछि भेटिएको छ । वि.सं. २०७३ मंसिर ११ गते चोरी भएका मूर्तिको अ नुसन्धानको क्रममा प्र’हरीले दाहीने शङ्ख भेटाएको हो ।
तीन दिन अघि दुई थान मूर्तिसहित प’क्राउ परेका तीन आ’रोपितको सहयोगमा बुधबार चन्दननाथ नगरपालिका १० बोहोरागाउँ जुम्लाको खोलापानेस्थित एक ओडारमुनि राखिएको अवस्थामा दाहिने शङ्ख फेला पारेको जिल्ला प्रह’री कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
‘मू’र्ति चो’रीको आ’रोपमा प’क्राउ परेका एक व्यक्तिको सहयोगमा शङ्ख लुकाएको स्थान पत्ता लगायौँ,’ प्रहरी नायब उपरीक्षक काफ्लेले भने, ‘उक्त स्थानमा रातो प्लाष्टिकभित्र सेतो प्लाष्टिक र सेतो प्लाष्टिकभित्र फाईवरको क्वालिटी रङ्गको झोलामा बेरेर राखेको अवस्थामा दाहिने शङ्ख भेटाएका छौँ ।’ अनुसन्धान प्रक्रियालाई घनिभूत ढङ्गले अघि बढाइएको उनले बताए ।
तीन दिन अघि प’क्राउ परेका चन्दननाथ नगरपालिका १० का स्थानीय सुशील बिष्टको खेतको आलीनेर सुकेको घाँसको थुप्रोमा दोसल्लामा बेरिएको अवस्थामा राखिएका दुई थान मूर्ति र शं’कास्पद बिष्टसहित तीन जनालाई प्रह’रीले प’क्राउ गरी अनु’सन्धान जारी राखेको छ ।