बिहिबार १६ मंसिर २०७८

भीमदत्त नगरपालिका–१० जिमुवाका एक युवकको कुटपिटबाट मृ,त्यु भएको भन्दै आफन्तले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा किटानी जाहेरी दिएका छन् ।

उनीहरुले जिमुवाकै ४ जना युवाको नाममा कर्तव्य ज्यान मुद्धा अन्तर्गत किटानी जाहेरी दिएका हुन । प्रहरीलाई यथासिघ्र सत्यतथ्य पत्ता लगाउनसमेत उनीहरुको आग्रह छ ।

जिमुवाका २९ बर्षिय दीपेन्द्र जोशीको उपचारका क्रममा शनिवार बिहान लखनउँस्थित ‘रक ल्याण्ड ट्रमा’ सेन्टरमा मृत्यु भएको थियो । उनको श,व महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।

जिल्ला प्रहरीका प्रबक्ता डिएसपी सिद्धराज न्यौपानेका अनुसार मृतकका आफन्तले ४ जना युवाबिरुद्ध किटानी र अन्य १० जनालाई पनि आरोपित बनाएर जाहेरी दिएका छन् ।

मृ,तक जोशी कैलाली भन्सार कार्यालयका भन्सार एजेन्ट थिए । उनको धनगढी बसपार्कपछाडीको गोलमार्केटमा कपडाको होलसेल पसल पनि थियो ।

मृ,तकका मामा सोमराज जोशीले आफ्ना भान्जालाई उनकै ‘साथीहरुले’ हत्या गर्ने उद्धेश्यले दशैंका दिन कुटपिट गरिएको दाबी गरे । ‘दशैंका दिन भीमदत्त नगरपालिका–९ स्थित सेल्फिडाडामा बोलाएर कुटपिट गरेको खुलेको छ,’ जोशीले भने,‘त्यसको दोस्रो दिन भान्जाकै साथीहरुले धनगढीको राजपुर लगेको र एक्कासी त्यहाँ दुर्घटनामा परेको खबर आयो । सत्यतथ्य के हो प्रहरीले छानबिन गरोस ।’

मृतक जोशीको धनगढीस्थित माया मेट्रो अस्पतालमा प्राथमिक उपचार भएको थियो । टाउकोमा गम्भीर चोट भएकाले थप उपचारका लागि लखनउँ रेफर गरिएको थियो । उपचारका क्रममा शनिवार मृ,त्यु भएपछि जोशी परिवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुगेको हो ।

प्रहरीले सुरुमा जाहेरी दर्ता गर्न आनाकानी गरेपनि दबाब बढेपछि दर्ता गरेको आफन्तको भनाई छ । लखनउँका डाक्टरले टाउकोमा सडक दु,र्घटनाका कारण चोट नलागेको र केही अरुनै कारण हुनसक्ने रिर्पोट दिएपछि न्यायका लागि प्रहरी गुहारेको मृ,तकका मामा सोमराज जोशीले बताए ।

४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया

satta king gali