नेपालको जितमा खेलको ८६औ मिनेटमा मनिष डाँगीले गरेको गोल खेलको निर्णायक गोल बनेको थियो ।
प्रतिष्पर्धात्मक खेलको पहिलो हाफमा माल्दिभ्सले नेपालमाथि दबाब बनाएपनि नेपालले दोस्रो हाफमा उत्कृष्ट खेल्दै गोल गर्न सफल भएको थियो ।
साफ च्याम्पियनसिपको पहिलो खेलमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाललाई साविकको ४-३-३ को रणनीतिमा खेलाएका थिए ।
माल्दिभ्सविरुद्ध गोलरक्षक किरण चेम्जोङसहित अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, गौतम श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, तेज तामाङ, सुजल श्रेष्ठ, अन्जन विष्ट र नवयुग श्रेष्ठले खेलको शुरुवात गरेका थिए ।
शुक्रबारदेखि शुरु भएको साफ च्याम्पियनसिपमा पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गरेर विजयी शुरुवात गरेको छ ।
साफ च्याम्पियनसिपमा नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध सोमबार ९:४५ बजे नै हुनेछ । त्यस्तै तेस्रो खेल अक्टोबर १० को राति ९:४५ बजे भारतको सामना गर्ने छ भने लिगको अन्तिम खेलमा अक्टोबर १३ मा अपराहन्न ४:४५ बजे बंगलादेशको सामना गर्नेछ ।
नेपालले हालसम्म साफ च्याम्पियनसिपमा फाइनल खेल्न सकेको छैन । नेपाल पछिल्लो संस्करणमा माल्दिभ्ससँग सेमिफाइनलमा ३-० ले पराजित भएको थियो ।