सोमबार ०८ कार्तिक २०७८

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आर्थिक उपार्जनमा सुधार आउनेछ । परिश्रम परे पनि काममा सफलता मिल्नेछ । तीर्थाटन, मंगलमय कृत्य आदि सम्पादन गर्ने बेला छ । भाग्योन्नतिको समय छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचे जस्तै सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । प्रशस्त धन आर्जन गर्ने मौका छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यावसायिक यात्राको सम्भावना छ । आम्दानी प्रशस्तै बढ्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिने बेला छ । अलि बाध्यताका काममा जुट्नुपर्ला । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । व्यावसायिक काममा भने केही चुनौती सामना गर्नुपर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । परिवारजन तथा बन्धु बान्धवबीच आत्मीय भाव बढ्नेछ । धन लाभ लिने समय छ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ । मान सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आम्दानी बढ्नेछ र उठ्नु पर्ने रकम पनि हात लागी हुनेछ । तर, धेरै श्रमपछि अलि कम मात्र प्रतिफल पाइने समय छ । भएको आम्दानी सञ्चय गर्न नसकिएला । माल सामान पनि चोरी वा नष्ट हुने योग छ, सचेत रहनुहोला । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सामाजिक कामको दायित्व बढ्नेछ । परिवारजनको भरण पोषणमा खर्च बढ्नेछ । उत्साहमा कमी आउला । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् । कर्मफल र अधिकारका लागि अलि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन पाठनमा प्रगति हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । वैदेशिक यात्रामा पनि लाभा मिल्नेछ । द्वन्द्व, प्रतिस्पर्धा वा मुद्दा मामिलामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
काममा माता पिताको सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनु पर्ने देखिन्छ । मिथ्या भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने बस्त्र, अलंकार आदि उपहार पाइने योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । इष्टदेवको पूजा उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ । केही विवादमा समेत परिने योग छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । सवारी साधनको प्रयोगमा अलि सावधानी अपनाउनु पर्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
रोकिएका काम सम्पादन हुनेछन् । पठन पाठनमा प्रगति हुनेछ । विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । आर्थिक अभावले भने अलि सताउनेछ । काममा माता पिताको सहयोग प्राप्त होला । कृषि चौपायाबाट लाभ मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । उपचारमा खर्च हुने योग छ ।

१५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया