सिरहाको कर्जन्हा नगर पालिका मा एक महिला चापाकलमा नुहाउन लागेकी थिइन् ।
तराईमा चापाकलमा मोटर जोडेर पानी तान्ने चलन हुन्छ । सोही चापाकलमा लगाएको मोटरवाट लिक भएको क’रेन्ट महिलालाई लाग्यो । महिलाका छोरा २० वर्षका अश्वनीकुमार झा आइपुगे ।
उनले आमालाई बचाउने क्रममा आफै ज्या’न गु’माए । कर्जन्हा नगरपालिका ६ का २० वर्षीय अश्वनी कुमार झा को करे’न्ट ला’गेर निधन भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
चापाकलमा जडान भएको मोटरमा नुहाउने क्र’ममा झाकी आमालाई करेन्ट लागेको थियो । आमालाई बचाउने प्रयास गर्दा अश्वनी कुमारको क’रे’न्ट ला’गेर मृ’ त्यु भयो । करेन्ट लागेर झाकी आमा भने ग’म्भीर घाइ’ते भएकी छन्उ, प्रहरीले जानकारी दिँदै भने ।
आश्वीनी कुमारको आमाको उप’चार कर्जन्हा स्थित फुलकुमारी महतो मेमो रियल अ’स्पतालमा भइरहेको छ । आमालाई बचा उन पुगेका छोराकै मृ’ त्यु भएपछि स्थानीय शो’कमा डु’बेका छन् । साभार गरियको हो ।
***
प्रचण्डको पार्टी संग एकीकरण गर्न हाम्रो पार्टीको हैसियत पुग्दैन – रामकुमारी झाँक्री
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको सांसद रामकुमारी झाँक्रीले अहिले माओवादी केन्द्रसंग एकीकरण गर्ने हैसियतमा आफ्नो पार्टी नपुगेको जनाएकी छिन् ।
रामकुमारी झाँक्रीका अनुसार अहिले नेकपा (एस) बामे सर्ने क्रममा रहेकोले आगामी निर्वाचनसम्म गठबन्धन सम्म हुनसक्ने तर प्रचण्डको पार्टीसंग एकीकरण गर्ने सम्भव छैन । नेकपा (एस) अहिले सुरुवाती अवस्थामा रहेको तर माओवादी केन्द्र पार्टी स्थापित भईसकेकोले अहिले एकीकरण भन्ने सम्भव नरहेको सांसद झाँक्रीले जनाएकी छिन् ।
पत्रकार ऋषि धमलासंगको अन्तर्वार्तामा सांसद झाँक्रीले भनिन्, “माओवादी केन्द्र पार्टी स्थिर भएको पार्टी हो तर हामी आफ्नो खुट्टामा टेकेको पनि छैनौ । सुरुवात गर्दैछौं त्यसैले जब सम्म हाम्रो पार्टी आफ्नो खुट्टामा उभिने हुन्छ संगठन देशभरि बलियो हुन्छ अनि मात्र हामीले एकीकरण बारे सोच्छौ । अहिले माओवादी केन्द्रसंग गठबन्धन वा सहकार्य मात्र हुन सक्छ ।”
रामकुमारी झाँक्रीका अनुसार प्रचण्डले गरेर आफूहरुले नेकपा एमाले फुटाएर नयाँ दल दर्ता गरेको होईन । मिडियामा जे जस्तो हल्ला चलेपनि प्रचण्डले कहिल्यै पनि आफूहरुलाई एमाले पार्टी परित्याग गर्न कहिले पनि सुझाव नदिएको जनाएकी छिन् । आफु र प्रचण्डको भेटवार्तामा फुट्ने भन्दा पनि मिलेर काम गर्ने कुरा भएको उल्लेख गरेकी छिन् ।
रामकुमारी झाँक्रीले यो गठबन्धन फुटाउन धेरैले कोशिस गरिरहेको तर प्रचण्ड र माधव नेपाल कुनै हालतमा फुट्न नदिन लागिपरेको बताएकी छिन् । प्रचण्डले बरु आफ्नो भागमा भएको दुई मन्त्रालय समेत अरु दललाई दिएर भएपनि यो गठबन्धनलाई आगामी चुनाव सम्म लैजानु पर्ने जोड दिएको कुरा उल्लेख गरेकी छिन् ।
सांसद झाँक्रीले भनिन्, “प्रचण्ड जीले मलाई नै भन्नुभएको छ कि आफ्नो भागमा रहेको दुई मन्त्रालय बरु गठबन्धनमा रहेको अरु दलहरुलाई दिन तयार रहेको तर यो गठबन्धन कुनै हालतमा पनि फुट्न दिन हुन्न भनेर भन्नुभएको छ । त्यसैले जसले जे खेल खेलेपनि यो गठबन्धन आगामी निर्वाचन सम्म रहन्छ ।”
मन्त्रिपरिषद विस्तार गर्न गठबन्धनमा रहेका दलहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई सहयोग गरेनन् नि भन्दा नेता झाँक्रीले भनिन्, “हाम्रो तर्फबाट कुनै किसिमको असहयोग भएको छैन । प्रधानमन्त्री देउवालाई खुलेर काम गर्न भनेका छौं तर गठबन्धनमा धेरै दलहरु भएकाले सबैलाई मिलाएर लान खोज्दा ढिला भएको होला ।