काठमाडौं । नेपालमा आज देशभर ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने २७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १४ हजार ६६१ जनाको स्वाब परीक्षण गरिएको थियो ।
९ हजार ७८३ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ४६७ र ४ हजार ८७८ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै, आज कोरोनाबाट २७ जनाको मृत्यु भएको छ ।
बिहिबार १६ जनाको मृत्यु भएको थियो । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८३४ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ८१६ जना निको भएका छन् । बिहिबार १ हजार ३७३ जना निको भएका थिए ।
news18nepal.tv