ईन्द्र खड्का – रुपाजी ! तपाईंको निधारमा ‘कमिनी’ भनेर लेखिएको पक्कै थिएन। घरधनीले तपाईंलाई जात सोधेका थिएनन्। तपाईंजस्तो काठमाडौंमा कोठा खोज्न हामीपनी हिंडेको छौँ ।
हामीले पनि कोठा पाएका थिएनौं। अब भन्नुस् म कुन विभेदको मुद्दा हालौं। यहाँ तपाईंको आफ्नो कुनै हिस्सामा भाग नदिएको हैन, आफ्नो जीवनभरीको रगत र पसिनाले बनाएको आफ्नो घरमा कसलाइ राख्ने, कसलाइ नराख्ने उहाँहरुको अधिकारको कुरा हो।
तपाईं चौबीस बर्षकी युवतीले आफ्नो मानहानी भयो भनेर अन्ठाउन्न बर्षको तपाईंको आमा सरहको आमालाई मानहानी गरेर के तपाईंले आफ्नो अधिकार सुनिश्चित गर्नुभयो ? तपाईंले उहाँलाई राम्रोसँग सम्झाउन सक्नुहुन्थ्यो। के तपाईंले जातीय विभेद के हो उहाँलाई सम्झाउनु भयो? कोसिस मात्र पनि गर्नुभयो ?
हामीले विभेद हटाउने भन्ने वित्तिकै जरा किल्ला उखालेर फाल्न सक्छौं तुरुन्तै ? तपाईंले सोच्नु भयो त्यो घरमा उहाँभन्दा ठुलो नागरिक पनि हुनुहुन्छ होला नि ? आफ्नो घरको सदस्यको चित्त दुखाएर निर्णय लिनेे हक उहाँलाई पनि थिएन होला ! एउटा पढे लेखेको तपाईं जस्तो मान्छेले अर्को मान्छेलाई बुझ्न सक्नु भएन।

सामाजिक संजालमा भाइरल भएर हैन, सक्नुहुन्छ भने एकजना मान्छेको नकारात्मक सोचलाई सकारात्मक कसरी बनाउने त्यतातिर लागि भाइरल हुनुहोस्।