Saturday, January 16

अन्तर्राष्ट्रिय समाचार

कतारको ध्वजाबाहक विमान,३ बर्षको नाकाबन्दि पस्चात् कतार् एयर साउदिको रियाद मा ओर्लियो

कतारको ध्वजाबाहक विमान,३ बर्षको नाकाबन्दि पस्चात् कतार् एयर साउदिको रियाद मा ओर्लियो

Posted in अन्तर्राष्ट्रिय समाचार
एजेन्सी ।कतार एयरवेजले सन् २०१७ पछि सोमवार साउदी अरबको रि’यादका लागि पहिलो उडान गरेको छ। कतारको ध्वजाबाहक विमान क्युआर ११६४ ले ह’माद अन्तर्राष्ट्रिय विमानस्थलबाट किङ खालिद इन्टरनेसनलमा उडान गरेको हो । कतार एयरवेजको एयरवस ए ३५० ले उडान गरेको हो। कतार एयरवेजले मंगलवार जे्दाहमा उडान गर्ने छ भने शनिवार द’माममा उ’डान गर्ने छ। साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी यसै साताबाट खुला भएको छ। सन् २०१७ मा सुरु भएको ना’काबन्दीसँगै हवाइ सेवा नि’षेध गरिएको थियो। विश्वकै ठूलो विमान सेवामध्येको एक मानिने कतार एयरवेज नि’षेध थियो। त्यसैगरी सन् २०१७ पछि पहिलो पटक साउदी एयरलाइन्स कतार ल्या’न्ड गरेको छ। सोमवार नै हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा साउदी एयरलाइन्स उत्रेको हो। साउदी एयर दोहा उ’त्रिएको कतार एयरवेजले ट्विट गर्दै जानकारी गराएको छ। यो पनि -मन्दिरको ढोकामा बसेको कुकुरले दर्शनगर्न आउनेलाई आशिर्
प्रेम प्रस्ताव अस्वीकार भएपछि युवकलाई युवतीद्वारा अनुहारको ब्लेडले हमला

प्रेम प्रस्ताव अस्वीकार भएपछि युवकलाई युवतीद्वारा अनुहारको ब्लेडले हमला

Posted in अन्तर्राष्ट्रिय समाचार
उत्तर प्रदेशको बरेलीमा प्रेम प्रस्ताव अस्वीकार भएपछि एउटी केटीले आफ्नै सहपाठीलाई आक्रमण गरी घाइते बनाएकी छिन् । रिपोर्टका अनुसार बरेलीको हाफिजगंज पुलिस सर्कल अन्तर्गत इन्टर कलेजका विद्यार्थीले अध्ययन गर्दै युवकलाई युवतीद्वारा अनुहारको ब्लेडले हमला गरेकी छिन् । युवतीको प्रेमलाई अस्विकार गरेको भन्दै युवतीले ब्लेडले हमला गरेकी हुन् । भारतको बरेलीमा भएको एउटा घटनाले यतिबेला हंगामा मच्चाएको छ । युवतीले विवाहको प्रस्ताव राखे पनि युवकले अस्वीकार गरेपछि उनले यस्तो गरको बताएकी छन् । अझै धेरै पढ्न बाँकी रहेको भन्दै युवकले युवतीको प्रस्तावलाई अस्वीकार गरेका थिए । ति युवती उक्त युवकसँग एकोहोरो प्रेममा परेकी थिइन् । युवकलाई जति भन्दा पनि नमानेको भन्दै उनले युवकसँग बदला लिनका लागि ब्लेडले प्रहार गरेको बताएकी छन् । प्रहरीका अनुसार युवतीले कलेज जाने बाटोमा युवकलाई बोलाएर ब्लेडले युवकमाथि हमला
पागलपन हमला काण्ड : धान खेतमा काम गरिरहेका ४३ मजदुरको रेटेर हत्या !

पागलपन हमला काण्ड : धान खेतमा काम गरिरहेका ४३ मजदुरको रेटेर हत्या !

Posted in अन्तर्राष्ट्रिय समाचार
उत्तर–पूर्व नाइजेरियामा शनिबार भएको एक हमलामा कम्तीमा ४३ को मृत्यु भएको छ ।नाइजेरियाका राष्ट्रपतिले यो हमलालाई पागलपनको संज्ञा दिएका छन् मिडिया रिपोर्टका अनुसार हमलाकर्ताले धानको खेतमा काम गरिरहेका मजदुरलाई बाँधेर उनीहरुको घाँटी रेटेका छन् यो हमला बोर्नो राज्यको राजधानी मेडूगरी नजिकै भयो । यो इलाकामा बोको हरम र इस्लामिक स्टेट पश्चिम अफ्रिकासँग सम्बन्धित चरमपन्थी सक्रिय छन् ।यो हमलालाई पछिल्ला केही महिनामा भएको हमलामध्ये सबैभन्दा विभत्स हमला बताइएको छ ।अहिलेसम्म कुनै पनि संगठनले यो हमलाको जिम्मेवारी लिएको छैन ।राष्ट्रपति मोहम्मदू बुहारीले यो हमलाको निन्दा गर्दै भनेका छन् मिहिनेती मजदुरमाथि गरिएको यो हमलाको जति निन्दा गरेपनि कम छ । पूरा देश लज्जास्पद हत्याबाट आहत छ ।केही प्रत्यक्षदर्शीलाई उद्धृत गर्दैै समाचार एजेन्सी एएफपीले लेखेको छ हामीले अहिलेसम्म ४३को शव भेटेका छौं । सबैको रेटेर हत्या गर
अमेरिकी राष्ट्रपति ट्रम्पका जेठा छोरामा सङ्क्रमणको पुष्टि

अमेरिकी राष्ट्रपति ट्रम्पका जेठा छोरामा सङ्क्रमणको पुष्टि

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सबैभन्दा जेठा छोरामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । ट्रम्पका जेठा छोरामा सङ्क्रमणको पुष्टि भएपनि लक्षण नदेखिएको उनका प्रवक्ताले बताएका छन । बीबीसीका अनुसार ट्रम्पका दोस्रो सन्तानमा सङ्क्रमणको पुष्टि भएको छ। यसअघि ट्रम्पका कान्छो छोरा बरोन ट्रम्पमा समेत कोभिड–१९ को सङ्क्रमण भएको थियो । कोरोना पुष्टि भएपछि ४२ वर्षीय ट्रम्प जुनियर चिकित्सकको निगरानीमा रहेका उनका प्रवक्ताले जनाएका छन् । बुवा डोनाल्ड ट्रम्पको राष्ट्रपति निर्वाचन अभियानमा जुनियर ट्रम्पले सक्रिय भूमिका निर्वाह गरेका थिए । यसअघि गत् जुलाई महिनामा जुनियर ट्रम्पका प्रेमिका किम्बर्ली गुइलफोलमा समेत सङ्क्रमणको पुष्टि भएको थियो । उनि फक्स न्यूजको समाचारवाचिका हुन ।
यी हुन् कमलाका पति अर्थात् अमेरिकाका पहिलो ‘सेकेन्ड जेन्टलम्यान’

यी हुन् कमलाका पति अर्थात् अमेरिकाका पहिलो ‘सेकेन्ड जेन्टलम्यान’

Posted in अन्तर्राष्ट्रिय समाचार
वासिङ्टन, अमेरिकाको पहिलो महिला उपराष्ट्रपति निर्वाचित भएर कमला ह्यारिसले यसैसाता इतिहास रचिन्। सँगसँगै उनका पति डगलस एमहफले पनि इतिहासमा आफ्नो नाम लेखाउने भएका छन्। एमहफ अमेरिकाको पहिलो ‘सेकेन्ड जेन्टलम्यान’ बन्ने भएका छन्। अमेरिकामा राष्ट्रपति र उपराष्ट्रपतिका पत्नीलाई क्रमशः फर्स्ट लेडी र सेकेन्ड लेडी भन्ने चलन छ। तर हालसम्म अमेरिकामा राष्ट्रपति र उपराष्ट्रपति पदमा पुरुष मात्रै निर्वाचित भएका थिए। तसर्थ, एमहफलाई सेकेन्ड जेन्टलम्यान, सेकेन्ड हसब्यान्ड, सेकेन्ड ड्युज जे भनिए पनि अमेरिकाको बदलिँदो राजनीतिक र लैंगिक मान्यताको प्रतिबिम्बन उनले गर्नेछन्। ५६ वर्षीय एमहफ यहुदी समुदायका हुन्। उनी पेसाले वकिल हुन्। ह्यारिस र एमहफको विवाह सन् २०१४ मा भएको थियो। एमहफले ह्यारिसलाई चुनावी अभियानमा पनि सघाउँदै आएका छन्। अगस्टमा डीएलए पाइपर नामक ल फर्मबाट छुट्टी लिएर ह्यारिसँगै चुनावी मैदानमा खटेका
वाइडेनको जित !!! ट्रम्पको हार र पतनबाट बिश्वका सम्पुर्ण नेता, शासक र जनताहरुले सिक्नु पर्ने पाठ

वाइडेनको जित !!! ट्रम्पको हार र पतनबाट बिश्वका सम्पुर्ण नेता, शासक र जनताहरुले सिक्नु पर्ने पाठ

Posted in अन्तर्राष्ट्रिय समाचार
सुभास भट्ट, बेलायत अमेरिकाको ४६औँ राष्ट्रपतिमा जोसेफ रोविनेट वाइडेनको जित संगै बिश्व राजनितिमा तरंग श्रीजना भएको छ। वाइडेनको जित संगै अमेरिकी इतिहासमा अनेकौ नया रिकर्ड हरु समेत कायम भएका छन जस मध्ये पहिलो पटक उपराष्ट्रपति पदमा महिला नेताको जित भएको छ। जोसेफ रोविनेट वाइडेनको कडा प्रतिद्वन्दीका रुपमा उभिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जसलाई अमेरिका र सम्पुर्ण बिश्वले भावी राष्ट्रपतिको रुपमा पहिले देखिनै हेर्दै आइरहेको थियो र स्वयम राष्ट्रपति ट्रम्पले पनी आफ्नो अघाढी कोही टिक्न नसक्ने जिकिर गर्दै आइरहेको बेला अमेरिकी जनताले आफ्नो मतको मुल्य सम्झी उक्त मतहरुलाई यसरी प्रयोग गरेकी बलिया सत्ताधारी डोनाल्ड ट्रम्पको पक्का भनिएको उम्मेदबारी सधैका लागी अन्त हुन पुग्यो र कसैले नसोचेका जोसेफ रोविनेट वाइडेन अमेरिकाका ४६औँ राष्ट्रपति बन्न पुगे। जोसेफ रोविनेट वाइडेनको ४६औँ अमेरिकी राष्ट्रपत
खुशिको खवर : कोरोना भाइरसविरुद्धको खोप एक महिनाभित्रै आउने

खुशिको खवर : कोरोना भाइरसविरुद्धको खोप एक महिनाभित्रै आउने

Posted in अन्तर्राष्ट्रिय समाचार
लण्डन : कोरोनाभाइरसविरुद्धको खोप एक महिनाभित्रै आउने दावी गरिएको छ । बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका फर्मास्युटिकल्सको संयुक्त प्रयासमा विकास भइरहेको खोप आगामी डिसेम्बर महिनाको अन्त्यसम्म आइसक्ने दावी गरिएको हो । र डिसेम्बरपछि खोप आम सर्वसाधारण मानिसको पहुँचमा पुग्ने बताइएको छ । तर यसका लागि नियमनकारी निकायको अनुमति आवस्यक पर्नेछ । एस्ट्राजेनेका फर्मास्युटिकल्सले भने यदी नियमनकारी निकायबाट अनुमति पाएको खण्डमा २०२१ को जनवरीदेखि नै सर्वसाधारणसम्म खोप पुर्‍याउन सकिने जनाएको छ । तर नियमनकारी निकायले छिट्टै आफ्नो काम गर्न सकेको खण्डमा कम्पनीले भने खोप डिसेम्बरको अन्तिम सातादेखि नै सर्वसाधारणमाझ पुर्‍याउन सक्ने जनाएको छ । कोरोनाको खोप विकासको काम छिटो गरिरहेका देशमा बेलायत पनि एक हो । यद्यपि यसअघि उक्त खोप परीक्षणका बेला परीक्षण गरिएका मानिस अचानक बिरामी परेपछि खोपको का
अमेरिकी चुनावमा २ नेपाली अमेरिकनमध्ये ढकाल ४८३९ मतले विजयी, गुरुङले ल्याइन् २९८५ मत !

अमेरिकी चुनावमा २ नेपाली अमेरिकनमध्ये ढकाल ४८३९ मतले विजयी, गुरुङले ल्याइन् २९८५ मत !

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौं, यसपटकको अमेरिकी चुनावमा नेपाली अमेरिकनहरु मतदानमा मात्र सकृयताका साथ सहभागी भएनन्, कतिपय स्थानमा उम्मेदबारी समेत दिए । भर्जिनिया राज्यको हर्डन टाउनको काउन्सिलमा सम्पन्न निर्वाचनमा दोश्रो कार्यकालको लागि टाउन काउन्सिल मेम्बरमा प्रदीप ढकाल निर्वाचित भएका छन् । ढकालले ४८३९ मत ल्याएका छन् । उनलाई ३४८४ जनाले हुलाकमार्फत मतपत्र पठाएर मतदान गरेका थिए । नोभेम्बर ६ सम्म आएका मतपत्रहरु गणना गरिने र नोभेम्बर १६ मा चुनावको प्रमाणिकरण गरिने निर्वाचन विभागले जनाएको छ । दोश्रो कार्यकालको लागि निर्वाचित भएकोमा ढकाललाई मेरिल्याण्ड जनरल एसेम्वलीका हाउस अफ डेलिगेट ह्यारी भण्डारीले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । भण्डारी अहिलेसम्मको अमेरिकामा उच्च पदमा निर्वाचित नेपाली अमेरिकन जनप्रतिनिधि हुन् ।त्यस्तै न्यूह्याम्सार हाउस अफ रिप्रिजेन्टेटिभ मेरिम्याक २५ मा नेपाली अमेरिकन मदलशा गुरुङले ड
साउदी अरेवियामा रहेका विदेशी श्रमिकहरुले मार्च देखि रोजगारदाताको अनुमति विना पनि साउदी छोड्न पाउने…..सबैको जानकारिको लागो सेयर गरौ

साउदी अरेवियामा रहेका विदेशी श्रमिकहरुले मार्च देखि रोजगारदाताको अनुमति विना पनि साउदी छोड्न पाउने…..सबैको जानकारिको लागो सेयर गरौ

Posted in अन्तर्राष्ट्रिय समाचार
साउदी अरेवियाले विदेशी श्रमिकलाई लाग्दै आएको महत्वपूर्ण बन्देज फुकुवा गर्ने भएको छ । सन् २०२१ को मार्च देखि लागु हुनेगरी साउदी अरेवियाले रोजगारी परिवर्तन तथा रोजगारदाताको अनुमति विना पनि साउदी छोड्न पाउने नियम लागु गर्ने भएको हो । अल जजिराका अनुसार साउदी अरेवियाका मानव संशाधन सहायक मन्त्री अव्दुल्लाह बीन नासिर अबुथनैनले सञ्चारकर्मीहरुलाई बुधवार यसका बारेमा जानकारी दिएका हुन् । साउदी अरेवियाको श्रम बजारलाई आकर्षक बनाउन सो व्यवस्था गर्न लागिएको उनले बताएका छन् । रोजगारदाता परिवर्तन गर्न नपाउने र रोजगारदाताको अनुमति विना मुलुक छोड्न नपाउने व्यवस्थाका कारण साउदी अरेवियामा लाखौं विदेशी श्रमिक बाध्यकारी श्रम गर्न समेत बाध्य हुँदै आएका छन् । मानव संशाधन मन्त्रालयले नयाँ व्यवस्था लागु भएपछि श्रमिकले एक रोजगारदाताबाट अर्को रोजगारदातामा स्पोन्सरशीप परिवर्तन गरी रोजगारी परिवर्तन गर्न सक्ने जानक
साउदी अरबको नयाँ नोटमा आफ्नो नयाँ नक्सा राख्न भारतको माग

साउदी अरबको नयाँ नोटमा आफ्नो नयाँ नक्सा राख्न भारतको माग

Posted in अन्तर्राष्ट्रिय समाचार
एजेन्सी । साउदी अरबले निकालेको नयाँ नोटमा रहेको अन्तर्राष्ट्रिय सीमाका बारेमा भारतले चिन्ता व्यक्त गर्दै सुधारको माग गरेको छ ।गत साता जारी भएको नोटमाथि एक बयान जारी गर्दै भारतको विदेश मन्त्रालयले बिहीबार ’तत्काल सुधारात्मक कदम’ उठाउन माग गरेको हो।साउदीको २० रियालको नोटमा विश्वको नक्सा छापिएको छ र सो नक्सामा जम्मु-कश्मिर र लद्दाखलाई भारतको भूभागका रूपमा देखाइएको छैन। साउदीले २० रियालको जी-२० मा आफ्नो अध्यक्षतालाई संकेत गर्न विश्वको नक्सा राखेको हो। भारतीय विदेश मन्त्रालयका प्रवक्ताले यस मामिलामा साउदीले तत्काल सुधारात्मक कदम उठाउनुपर्ने बताए। मिडिया रिपोर्टहरूका अनुसार यस नक्सामा पाकिस्तान प्रशासित कश्मिरको गिलउत-बाल्टिस्तान क्षेत्रलाई पनि पाकिस्तानको हिस्सा देखाइएको छैन।