शुक्रबार ०१ आश्विन २०७८

भारतको राजधानीका दिल्लीका सरकारी र निजी अस्पतालमा भौतारिँदा अक्सिजन र बेड नपाएपछि उपचारका लागि नेपाल ल्याउने क्रममा दुईजना नेपालीको उत्तर प्रदेशमा मृ त्यु भएको छ ।

कोभिड संक्रमित दुई प्रवासी नेपालीलाई दिल्लीबाट एम्बुलेन्समा नेपाल ल्याउने क्रममा नुवाकोटका हरी रौला र बैतडीका मनोज भट्टको बाटोमै निधन भएको प्रवासी नेपाली अभियन्ता आरबी खड्काले बताएका छन् ‘।

हरि रौला दिल्लीको पहाडगन्जमा रामराजा होटलका सन्चालक हुन् ।’ त्यस्तै मोनज भट्ट प्रवासी नेपालीहरुबीच सामाजिक अभियन्ताका रुपमा परिचित थिए ।

उनीहरु दुवैजनाको कोभिडको उपचार नपाएका कारण उत्तर प्रदेशको मुरादाबादमा निधन भएको खड्काले बताएका छन् ।’उनका अनुसार भारतमा स्वास्थ्य प्रणाली अत्यन्तै खराब छ र प्रवासी नेपालीहरुको अवस्था वेहाल छ । दिल्ली लगायत कतै पनि अस्पतालमा अक्सिजन र बेड पाइने सम्भावना छैन’प्रवासी नेपालीहरु जीवन जोगाउन र मर्नु परे पनि आफ्नै जन्मभूमिमा मर्ने भन्दै नेपाल फर्किन थालेका छन् ।

यो पनि पढ्नु होस्

भारतको महाराष्ट्र राज्यस्थित एक अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा उपचाररत् २२ जनाको मृत्यु भएको छ। नासिक म्युनिसिपल कर्पोरेशनले चलाएको अस्पतालमा उपचार गराइरहेका २२ जना कोरोना संक्रमितको अक्सिजनको कमीले बुधबार मृत्यु भएको आफन्तहरूले बताएका छन्।

महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश तोपेले बिरामीहरूलाई अक्सिजन दिइरहेको ट्यांक लिक हुँदा उनीहरूलाई अक्सिजन कमी भएको र उक्त घटनाको अनुसन्धान गर्ने बताएका छन्।

अक्सिजन ट्यांक लिक हुँदा झन्डै आधा घन्टासम्म अस्पतालमा अक्सिजन सप्लाई रोकिएको थियो। भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ। कोरोनाबाट सबभन्दा बढी प्रभावित राज्य महाराष्ट्र हो।

यसैबीच भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का दुई लाख ९५ हजार ४१ नयाँ संक्रमित थपिएका छन् ‘। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा २ हजार २३ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

त्यस्तै भारतमा सक्रिय संक्रमितको संख्या पनि साढे २१ लाख नाघेको छ । यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या एक करोड ५६ लाख नाघेको छ । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि एक लाख ८२ हजार नाघेको छ ।

उत्तर प्रदेशमा २९ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने दिल्लीमा २८ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका हुन् । कर्नाटकमा पनि २१ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने केरलामा नयाँ संक्रमितको संख्या १९ हजारभन्दा धेरै छ ।

भारतमा कोरोना संक्रमण बढेसँगै दिल्लीमा सोमबारदेखि एक साताको लागि लकडाउनको घोषणा गरिएको छ भने उत्तर प्रदेशले पनि साताको दुई दिन लकडाउनको घोषणा गरेको छ ।’ त्यस्तै अन्य राज्यले पनि संक्रमण नियन्त्रणको लागि भन्दै सामाजिक गतिविधिमा कडाइ गरेका छन् । तर, संक्रमण भने नियन्त्रणमा आएको छैन ।

भारतमा अहिलेसम्म १३ करोड १ लाखभन्दा धेरै डोज कोरोना खोप दिइएको छ ‘। कोरोना संक्रमणले फेरी भयानक रुप लिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन नै यसको निवारण भएको प्रतिक्रिया दिएका छन् ।

यसैबीच भारतीय राष्ट्रिय काँग्रेसका नेता राहुल गान्धीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । आफूलाई सङ्क्रमण पुष्टि भएपछि विपक्षी नेता गान्धीले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी गराएका छन् ।

उनले आफ्नो ट्वीटर पेजमा भनेका छन्, “सामान्य लक्षण देखिएपछि परीक्षण गर्दा मलाई कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्ला केही दिनमा मेरो निकटमा आउनुभएका सबैले आवश्यक सावधानी अपनाउँदै सुरक्षित रहनुहोला ।यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गान्धीको स्वास्थ्यलाभको कामना गरेका छन् ।

गान्धीले पछिल्लो केही समयदेखि कोरोना महामारीकाबीच केरला, पश्चिम बंगाल, आसाम, तामिलनाडुलगायतका क्षेत्रमा चुनावी र्‍यालीहरुमा सहभागी भएका थिए । उनले पश्चिम बङ्गालमा तय गरिएका आफ्ना सबै चुनावी र्‍यालीहरूलाई दुई दिन पहिले स्थगित गरेका थिए ।

त्यस्तै भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंह कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका बरिष्ठ नेता समेत रहेका सिंहलाई ‘अल इन्डीया इन्स्टीच्युड अफ मेडिकल साइन्सेस’ (एआइआइएमएस) मा भर्ना गरिएको छ ।

उनलाई शङ्का लागेर कोरोना परीक्षण गरिएकोमा सोमबार सङ्क्रमण भएको पुष्टि गरिएको अधिकारीहरूले जनाएका छन् ।पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहलाई कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ, त्यसैले उनलाई थप उपचारका लागि ‘एम्सको ट्रमा सेन्टर’मा भर्ना गरिएको छ, एम्सद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

उनको अवस्था सामान्य नै रहेको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसबाट धेरै प्रभावितहरुको मुलुकको सूचीमा भारत दोस्रो अग्रपङ्क्तिमा रहेको छ ।

chhayapati

१९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया