आइतबार ३१ आश्विन २०७८

काठमाडौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतवार राजीनामा दिएका छन् । विहानै वसेको संसदीय दलको बैठकमा उनले राजीनामा दिएका हुन् ।

अब संसदवाट विश्वासको मत लिनका लागि उनले राजिनामा दिएका हुन् । दुई दलको सरकार भएकाले अब ठूलो दलको हैसियतमा पुन मुख्यमन्त्री नियुक्त हुनका लागि पोखरेलले यस्तो निर्णय गरेको बताइएको छ । राजिनामा दिने क्रममा एक महिनाभित्र विश्वासको मत लिने उनले बताएका छन् ।

जसपाका चार सांसद कारबाहीमा परेपछि प्रदेशसभामा सत्तारूढ एमालेको एकल बहुमत छ । नेकपा एमालेका मुख्य सचेतक भूमीश्वर ढकालले मुख्यमन्त्रीले राजीनामा दिएको पुष्टि गरेका छन् ।

लुम्बिनी प्रदेशमा एमालेका ४१, नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १८ ९सभामुखसहित०, जसपाका २ र राजमोका १ सांसद छन् ।

विपक्षी दलहरूको निवेदन अनुसार लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आइतबार देखि सुरु हुने भएको थियो । विशेष अधिवेशनले एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारविरुद्ध विपक्षी दलले दर्ता गराएको अविश्वास प्रस्ताव टुंगो लगाउने थियो । त्यो भन्दा अघि नै मुख्यमन्त्री पोखरेलले राजिनामा दिएका छन् ।

प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनका अनुसार आइतबार दिउँसो १ बजे बस्ने बैठकमा सत्ता पक्ष र विपक्षी दलका सांसदहरुले अविश्वास प्रस्तावमाथि आ–आफ्ना धारणा राख्ने जानकारी गराएका थिए ।

७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया