शनिबार ०२ आश्विन २०७८

भारतमा कोरोनाको चपेटामा सर्वसाधारण देखी नेता तथा कलाकार सम्म अछुतो रहन सकेका छैनन् ।कुनै न कुनै माध्यमबाट उनीहरु पनि संक्रमित भई नै रहेका छन् ।यसै सन्दर्भमा साउथका सुपरस्टार अल्लु अर्जुन समेत कोरोना संक्रमित भएका छन् ।

उनले आफुलाई कोरोना पोजेटिभ भएको आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।अल्लु खर्जुनले एक ट्विट गर्दै यो खबर आफ्ना फ्यानहरु माझ सार्वजनिक गरेका हुन् । कोरोना पोजेटिभ आए संगै उनले आफुलाई क्वारेण्टिनमा राखेका छन् । उनले लेखेका छन् – सबैलाई नमस्कार ।

मेरो कोरोना परिक्षण पोजेटिभ आएको छ । मैले आफुलाई अलग्गै राखेको छु । म उनीहरु संग यो अनुरोध गर्दछु कि जो मेरो सम्पर्कमा आएका छन् आफ्नो ख्याल गर्दै कोरोना परिक्षण गराउन् ।उनले आफ्ना शुभचिन्तकहरुमा चिन्ता नलिन आग्रह गर्दै आफु उपचारमा रहेको बताएका छन् ।

७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया