मंगलबार १२ आश्विन २०७८

तुलसीपुरमा पार्किङ गरी राखिएको कारभित्र तीन बालकको श’व भेटिएको छ । तुलसीपुर उपमहानगरपालिका-६ स्वर्गद्वारी टोलमा आरजे ०१ सीसी ०८८५ नम्बरको भारतीय नम्बर प्लेटको कारमा तीन बालकको श’व फेला परेको हो । उक्त कार चार महिनादेखि सोही स्थानमा रहेको खुलेको प्र’हरीले जनाएको छ । मृ’त भेटिएका बालकहरूको पहिचान खुलेको छैन । यद्यपि तुलसीपुर-६ बरूवागाउँका तीन बालक वैशाख १६ गते साँझ हराएको निवेदन भने इप्रका तुलसीपुरमा परेको थियोे । प्र’हरीले घ’टनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । घ’टनाको अनुसन्धानका लागि प्र’हरी टोली लिएर दाङ प्रहरी प्रमुख एसपी गणेश चन्द घ’टनास्थल लागेका छन् ।

यो समचार पनि पढ्नुहोस

सुनसरीको इनरुवाका कोरोना संक्रमित आमा छोराकै मृ’त्यु भएको छ । उनीहरुको तीन दिनको अवधिमा मृ’त्यु भएको हो । ८४ वर्षिया आमाको होमआइसोलेसनमा मृ’त्यु हुँदा अन्दाजी ६४ वर्षिय छोराको भने उपचारको क्रममा कोशी कोभिड अस्पताल बिराटनगरमा ज्यान गएको छ । सुनसरी प्रशासनका अनुसार संक्रमित पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । प्रशासनले तीन दिनको अवधिमा आमा छोराकै ज्यान गएको र परिवारका अन्य व्यक्ति समेत संक्रमित रहेकाले घर रहेको आसपासको क्षेत्रमा सिल गर्ने विषयमा छलफल थालिएको जनाएको छ ।

मृ’तकको परिवारमा एकसाथ ९ जनामा संक्रमण देखिएको थियो । संक्रमित पाइएका परिवारका ७ जना अझै होम आइसोलेसनमा छन् । उनीहरु मध्ये केहिको अवस्था अझै जटिल रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । इनरुवामा पछिल्लो एक साताको अवधिमा कोरोना संक्रमित ३ जनाले ज्यान गु’माएका छन् । उनीहरुको कन्ट्याक्ट ट्रेसिङ भने खुल्न सकेको छैन् ।

२०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया