आइतबार ३१ आश्विन २०७८

मानिस हराएको सुचना। सबैले सेयर गरि दिनु होला यो तपाई को ठुलो सहयोग हुने छ
मानिस हराएको सुचना।

सबैले सेर गरि दिनु होला यो तपाई को ठुलो सहयोग हुने छ
मिति २०७८/०१/११ गते घर हेटौडा देखि परिवार सँग सम्पर्क नगरी निस्केको र फोन डिटेल निकाल्दा थानकोट सम्म आएको जानकारी पाइयो त्यस पछि कुनै पनि सम्पर्कमा नआएको हुदा कुनै पनि व्यक्तिले देखेमा घरको नम्बर वा पुलिस चौकीमा सम्पर्क गरिदिनु होला।
नाम:रुखि रोका
उमेर:18
घर: हेटौडा सिमेन्र्टि रोड _09
घरको नम्बर:9841170831

सिटिजन लाइफ इन्स्योरेन्स चक्रघटीले गर्यो, बिमितको मृत्यु दाबी भुक्तानी

सदाबहार न्युज(बराहक्षेत्र)
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड चक्रघटी शाखाले ॠण बिमितको मृत्यु दाबी भुक्तानी गरेको छ ।
गत असारमा बराहक्षेत्र ८ निवासी पदम बहादुर मगरले साना किसान सहकारी संस्था लिमिटेड चक्रघट्टीबाट ६० हजार ऋण लिएर उनले सिटिजन लाइफ इन्स्योरेन्स चक्रघट्टीमा ऋण बिमा गरेका थिए । उनले सोही बापतको ऋण चुक्ता गर्नुपुर्व उनको मृत्यु भएपछि सो रकम इन्स्योरेन्स कम्पनीले सहकारीलाई भुक्तानी गरिदिएको कम्पनीका प्रमुख धनराज कार्कीले जानकारी दिए । कार्कीकाअनुसार ॠण लिएपश्चात् बिमितले एक वर्षको बिमा अबधिमा ३सय ४५ रुपैयाँ भुक्तानी गरेपछि उनको मृत्यु भएको हो ।
शुक्रबार चक्रघटीमा बिमितकि श्रीमती इन्द्रकुमारीलाई ६०हजारको बिमा रकम र ६हजारको काजकिरिया खर्चको चेक कम्पनीका प्रमुख कार्की लगायतले हस्तान्तरण गरेका थिए ।

कम्पनीले सामाजिक उत्तरदायित्व अन्तरगत साना किसान कृषि सहकारी संस्थासँग समन्वय गरि ॠण दाबी भुक्तानी दिन सुरु गरेको बताइएको छ । यसअन्तर्गत सहकारीबाट ॠण लिने ब्यक्तिले इन्स्योरेन्स कम्पनीमा ॠण बिमा गर्नुपर्ने छ । बिमाको अबधिभित्र बिमितको निधन भएमा इन्स्योरेन्स कम्पनीले भुक्तानी गर्नेछ भने बिमितले प्रत्येक १ लाखको ५सय ७५ का दरले बिमा गर्नुपर्ने प्रमुख कार्की बताउँछन् । यसअघि कम्पनीले दुईजनाले मृत्यु दाबी भुक्तानी गरिसकेको जनाइएको छ ।

बिमाले गर्दा आफूले ॠण तिर्न नपरेपछी इन्स्योरेन्स कम्पनीप्रती आभार प्रकट गर्दै इन्द्रकिमारीले भनिन्, ऋण तिर्नुअगाडी नै श्रीमानको मृत्यु भएपनी बिमा कम्पनीले गर्दा दुख ब्यहोर्नु परेन । यता कम्पनीका प्रमुख कार्कीले यस् कार्यक्रमले धेरै बिमित सहित साना किसान सहकारीलाई समेत राहत दिएको जिकिर गर्दै बराहक्षेत्रका सम्पुर्ण सहकारीलाई यो सुबिधा लिन आग्रह गरेका छन् ।

४२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया