मंगलबार १२ आश्विन २०७८

काठमाडौ । मानव अधिकारकर्मीको नाममा हुने गरेका दलाली डरलाग्दो रुपमा मौलाएको देखिएको छ । एउटै समुहवाट समस्यामा परेकाहरु अहिले दिनहुँ मिडियामा आउन लागेका छन् । कलाकार किशोर खतिवडा र उनको प्रेमीका लक्ष्मी गदालबीच समस्या पारेर उनीहरुसंग पैसाको लागि वार्गेनिगं गरेको भिडियो सार्वजनिक भएपछि हामी पनि यसरी नै समस्यामा परेका छौं भन्दै थुप्रै ब्यक्ति सार्वजनिक भएका छन् । कल्पना केसी नाम गरेकी महिला पनि लक्ष्मी गदाललाई फकाएर किशोर खतिवडासंग १० लाख रुपैया माग्न लगाएको समुहले मलाई पनि समस्यामा पारे भन्दै मिडियामा आएकी छन् ।

उनको श्रीमान सुन्दर कुमार केसी ५ महिना देखि हिरासतमा छन् । नारायण पौडेल र उनको श्रीमती अञ्जु नाम गरेकी महिला मिलेर आफुलाई समस्यामा पारेको कल्पनाको भनाई छ । सो समुहमा आफुलाई महिला मानवअधिकारकर्मी बताउने सृजना वाग्ले पनि सहभागी भएको देखिएको भिडियोमा कल्पनाले बताएकी छन् । लक्ष्मी गदालले उनीहरुको वारेमा वास्तविकता वताएपछि आफुलाई पनि हिम्मत आएर उनीहरुका बारेमा खुलाउन हिम्मत आएको बताएकी छन् ।

आफुले नारायण पौडेलसंग १५ लाख रुपैया लिन बाँकी रहेको र सोही पैसाको साटो जग्गा दिने भनेर उनीहरुले भने पछि अञ्जु र कल्पनाको श्रीमान संगै जग्गा हेर्न भन्दै गएका थिए । त्यही संगै गएको बेलामा मलाई कल्पनाको श्रीमानले अनैतिक काम गरे भनेर आरोप लगाएको कल्पनाको भनाई छ । कल्पना गदाललाई पनि अञ्जु नाम गरेकी महिलाले तिम्रो श्रीमान मसंग छन्, म किशोरको श्रीमती हो भन्दै फोन गरेपछि किशोर र लक्ष्मीको बिचमा समस्या आएको थियो ।

कल्पना भन्दा पहिला एक जना पूर्व आर्मी रामकुमार खत्री पनि आफुलाई अञ्जुलाई नराम्रो म्यासेज पठाएको आरोपमा अदालत धाइरहेको भन्दै सार्वजनिक भएका थिए । कल्पना, पूर्व आर्मी रामकुमार खत्री र लक्ष्मी गदालको घटनामा एउटै समुह संलग्न भएको देखिएको छ । त्यसमा मानवअधिकारकर्मी बताउने सिर्जना वाग्ले समेत रहेको उनीहरुले बताएका छन्

१७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया