मंगलबार १२ आश्विन २०७८

मुम्बई–बलिउड अभिनेता विक्रमजीत कंवरपालको कोरोना संक्रमणका कारण निधन भएको छ । उनी ५२ वर्षका थिए ।अमर उजालामा प्रकाशित समाचारअनुसार फिल्म निर्माता अशोक पण्डितले अभिनेताको निधनमा शोक व्यक्त गरेका छन् ।

‘आज बिहान कोभिडका कारण अभिनेता मेजर विक्रमजीत कंवरपालको निधनका बारेमा सुनेर दुःख लागेको छ । उनी एक सेवानिवृत्त सेना अधिकारी थिए । जसले कैयौं फिल्महरु र टेलिभिजन सिरियलमा सहायक भूमिका निभाएका थिए । उनको परिवार तथा आफन्तप्रति हार्दिक समवेदना’, उनले ट्वीट गरेका छन् ।

भारतीय सेनाबाट सेवानिवृत्त भएपछि विक्रमजीतले सन् २००३ मा आफ्नो अभिनय करियर सुरुवात गरेका थिए । उनले ‘पेज ३’, ‘रकेट सिंहः सेल्समेन अफ द ईयर’, ‘आरक्षण’, मर्डर २’, ‘२ स्टेट्स’ र ‘द गाजी अटैक’ जस्ता फिल्ममा अभिनय गरेका थिए ।

फिल्मबाहेक उनले टेलिभिजन सिरियल ‘दीया और बाती हम’, ‘ये हैं चाहते’, ‘दिल ही तो है’ र ‘२४’मा प्रमुख भूमिका निभाएका थिए ।

८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया