आइतबार ०३ आश्विन २०७८

भारतमा कोरोना भाईरसको संक्रमण भयावह बनेपछि सहयोगका लागि बलिउडकर्मीहरुले निरन्तर सामाजिक सञ्जाल बाट आग्रह गरिरहेका छन् ।

यसैबीच चर्चित अभिनेत्री प्रियंका चोपडाले पनि संक्रमणको बेला सहयोगका लागि आव्हान गरेकि छिन् । प्रियंका हाल लण्डनमा रहेकि छिन् ।

उनले इन्ष्टाग्राममा सार्वजनिक गरेको एक भिडियो यतिबेला सामाजिक सञ्जालमा भाईरल बनिरहेको छ ।

उनले भिडियोमा यस भाइरसलाई हराउनका लागि हामी सबैको जरुरत रहेको बताएकी छिन् । उनले आखिर यो बेला सहयोग किन जरुरी रहेको छ त भन्दै भनेकि छिन्– अस्पतालमा ठाउँ छैन,।

एम्बुलेन्स सबै ब्यस्त छन्, मसानघाटमा समेत धेरै भिड छ । उनले भारत आफ्नो घर भएको र भारतमा धेरै ब्यक्ति मरिरहेको भन्दै सहयोगका लागि आव्हान गरेकि हुन् ।

उनले एक अर्कालाई सहयोग गर्न जरुरी रहेको भन्दै जब सम्म हर कोही सुरक्षित रहदैन तब सम्म कोही सुरक्षित नरहने बताएकि छिन् ।

online88times

१३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया