मंगलबार १२ आश्विन २०७८

नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ।अस्वस्थ भएपछि गरिएको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको स्रोतले जनाएको छ। नेता खनाललाई अहिले उपचारका लागि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल लगिँदैछ ।स्रोतका अनुसार उनको अवस्था सामान्य भएपनि कोरोनाका लक्षण देखिएको छ।
कोरोना संक्रमण भएपछि नर्भिक अस्पतालमा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल पनि उपचाररत छन्। प्लाज्मा थेरापी गरिएकी कोमलको अवस्था अहिले सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ। यो पनि सुदूरपश्चिममा संघीय सरकार मातहतमा रहेको एक मात्र डडेल्धुरा अस्पतालमा अक्सिजन अभाव भएको छ। अक्सिजन अभाव भएपश्चात अस्पतालले कोरोना संक्रमितको उपचार गर्न नसकिने बताएको हो।अस्पतालले एक सूचना जारी गर्दै क्षमताभन्दा बढी आइसियु एचडियुमा विरामी भर्ना गरिसकेको र थप भर्ना गरी उपचार गर्न

नसक्ने अवस्था आएको जनाएको हो। हामी निकै गाह्रो समयको सामना गरिरहेका छौं। हामीले यस्तो दिनसँग सामना गर्नुपर्ला भनेर सोचेका थिएनौं। तत्काल थप बिरामीहरूलाई भर्ना गर्न नसक्ने वास्तविकतामा पुगेका छौं।’ सुचनामा लेखिएको छ।अस्पतालमा भएका विरामी निको हुनेवित्तिकै नयाँ केस भर्ने अस्पतालले जनाएको छ। हाललाई अस्पताल सेवा पहिले नै संतृप्त भइसकेको कुरा सार्वजनिक गर्दछौं।अस्पतालले अक्सिजन आवश्यक पर्नेलाई रेफर गर्ने बताएको छ।

notice24nepal

३१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया