शुक्रबार ०१ आश्विन २०७८

काठमाडौं । कोरोना महामारी यसरी फैलीरहेका छन् की दिन दुइगुण, रात चार गुणाका दरले नेपालमा कोरोना संक्रमण फैलिरहेको छ । तर पनि नेपालमा मानिसहरु निस्प्रवाह अनावश्यक रुपमा हिन्डडुल गरिरहेका छन् । यात्रा गरीरहेका छन् । अहिले लकडाउनको समय पनि अन्य सामान्य दिनहरुमा झँै खुलेआम मानिसहरु हिँडडुल गरिरहेका छन् । त्यो पनि बिना काममा । सवारी साधनहरुको पनि बाक्लो आवतजावत चलिरहेको छ । ट्याक्सी देखि लिएर प्राइभेट गाडि बस समेत निर्वाध रुपमा चलिरहेको छ ।

सडकमा गाडी गुडीरहेको छ । अन्य मानिसहरु कामले भन्दा बेकामले बाहिर डुलीरहेका छन् । तर त्यहीबीचमा हामीले यस्तो पात्र भेट्यौ की उनीहरुले हामी संग गरेको गुनासोले जो कोहीको मन अमिलो बनाउँछ । बाटोमा भेटिएका सप्तरीका अमर दिप राम । उनी शुक्रबार बिहान ९ बजे कतारबाट नेपाल ओर्लिए । एयरपोर्टबाट उनी बल्ल तल्ल ट्याक्सीमा कोटेश्वरसम्म आए । करिब १० बजे कोटेश्वर आइपुगेका उनी दिउँसो ३ बजे सम्म भोक भोक्कै तातोघाममा गाडी पाउने आशमा बसीरहेका सुनाए ।

यति मात्रै होइन उनलाई सप्तरीसम्म जानको लागि स्कोरपियो गाडी र ट्याक्सीले कसैले १८ हजार दिए पर्याइदिने भने त केहीले २५ हजारसम्म माग गरे । उनी भन्छन् विदेशबाट बल्लतल्ल आइयो २५–२५ हजार दिनलाई कहाँबाट पैसा हुनु । बरु सरकारले विदेशबाटै आउन रोक लगाइएको भए हुन्थ्यो तर नेपाल आएपछि घर जानलाई रोकेर यो कस्तो दुख दिएको हो ।

हो कोही यसरी बाध्यतामा पनि घर जान पाएका छैनन् । तर कतिपय मानिसहरु निर्वाध रुपमा बाहिर सडकमा ट्राफिक जाम नै गर्ने गरी अनावश्यक रुपमा हिँडडुल गरिरहेका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एकातिर विदेशबाट आएका यात्रु कहाँ कसरी आफ्नो गन्तव्यस्थानमा जाने भन्ने अन्योल देखिन्थे ।

अर्कोतिर रातो प्लेटका निजी सवारी साधन, कालो प्लेटका ट्याक्सी र निलो प्लेटका कुटनितिक नियोगका गाडीहरुले समेत यात्रु बोकेर निर्वाध रुपमा हिँडिरहेका थिए । त्यो पनि महंगो भाडा लिएर । देशमा कोरोना संक्रमितको संख्या यस्तो भयवह बन्दै गएको छ की आगामी दिनमा अझै कस्तो स्थिती भोग्नुपर्ने हो त्यो थाहा छैन । स्वास्थ्यविज्ञहरुले दैनिक रुपमा अवको अवस्था भयवह हुनेतर्फ सचेत गराउँदै पनि आएका छन् । तर पनि सर्वसाधारण अटेरी गर्दै कोरोना केही होइन भने जसरी वेप्रवाह थप कोरोना संक्रमण बढाउनेगरी उनीहरु निशेधाज्ञा र कोरोना महामारीलाइ नै चुनौती दिदैँ भिडभाड बढाइरहेका छन् ।

कत्तिले त निशेधाज्ञालाई कमाइ गर्ने अवसरका रुपमा समेत लिएका छन् । गाडीमा मलामीको गाडी लेखेर भित्र यात्रु ओसारीरहेको दृश्य पनि बाटोमा देखिन्छ ।

सरकारले कोरोना संक्रमणदर उच्च भएसंगै बिहिबारबाट काठमाडौं उपत्याका सहित देशका विभिन्न कोरोना संक्रमण बढेका शहरहरुमा निशेधाज्ञा जारी गरेको छ । तर पनि मानिसहरु विभिन्न बाहानमा भिड गर्दे हिँडिरहेका छन् । स्थलमार्गमा होस वा हवाइ क्षेत्रमा होस सबैतिर मानिसहरुको भिडभाड उस्तै छ । यसले झन् नेपालमा कोरोना संक्रमणको जोखिम बढाएको छ ।

२३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया