मंगलबार १२ आश्विन २०७८

काठमाडौं आएकी थिइन् । कान्ति बाल अस्पतालमा भर्ना गरेर उपचार गराइरहेका बेला काठमाडौंमा बन्दाबन्दी भयो । विहीबार अस्पतालले डिस्चार्ज गरेपछि उनी एक रात भाइको कोठामा बसिन् ।

घर जानका लागि कुनै गाडीमा लिफ्ट पाइने आशामा शुक्रबार उनी कलंकी चोकमा भाइ–बुहारीसहित पुगेकी थिइन् । उनका भाइ काठमाडौं बाहिर गइरहेको कुनै खाली गाडीमा लिफ्ट मिलाइदिन प्रहरीलाई आग्रह गरिरहेका थिए ।

एकैछिनमा प्रहरीले एउटा ट्रक रोकेर अगाडिको सिटमा उनीहरुलाई चढाइदियो । उनीहरु खुसी हुँदै घरतिर लागे ।

महोत्तरीका जहागिर शाखी, काठमाडौंको बागबजारमा कपडाको व्यापार गर्थे । आँखाको उपचारका लागि समय लागेकाले बन्दाबन्दीअघि उनी घर फर्कन पाएनन् । बागबजारबाट रिक्सा चढेर उनी कलंकी पुगे । उनले पनि काठमाडौं बाहिर जाने सवारी रोकिदिन प्रहरीलाई अनुरोध गरे । प्रहरीले महोत्तरीतर्फ जाने ट्रक कुनै छ कि भनेर रोक्दै सोधिरहेको थियो ।

धादिङ खाल्टेका दिपेश बिडारी शुक्रबार घर फर्किन कलंकी चोक पुगेका थिए । अस्पतालबाट छोरीको स्वास्थ्य रिर्पोट नआएकाले पर्खनुपर्दा उनी लकडाउन अघि घर जान पाएनन् । उनले पनि प्रहरीलाई लिफ्ट मिलाइदिन आग्रह गरे । धादिङको गल्छीसम्म पुग्नका लागि प्रहरीले एउटा खाली ट्रकको अगाडि राखेर उनलाई पनि पठाइदियो ।

हेटौंडाकी सुन्तली तामाङ बैदेशिक रोजगारीका लागि काठमाडौं आएकी थिइन् । तर, म्यानपावर कम्पनीमा आएको समस्याका कारण उनी बिदेश जान पाइनन् । केही दिन एयरपोर्टको होटलमा बसेकी उनी घर फर्किन शुक्रबार कलंकी पुगिन् । प्रहरीले उनका लागि पनि गाडी खोज्न सहयोग ग¥यो ।

प्रहरीको फेरिँदो व्यवहार : पहिले गरम, अहिले नरम !

सार्वजनिक बसलगायतका सवारी साधन ठप्प भए पनि शुक्रबार कलंकी चोकमा मालबाहक ट्रक, भ्यानलगायतका सवारी साधन उल्लेख्य मात्रामा काठमाडौं भित्रिरहेका र बाहिरिरहेका थिए । घर जान भनेर बाहिर निस्किएका सर्वसाधारणले प्रहरीको सहयोगमा केही राहत महसुस गरिरहेका थिए ।

अघिल्लो बर्षको तुलनामा यो वर्ष कलंकी चोकको दृश्य फरक थियो । अघिल्लोपटक लकडाउनका बेला घर फर्कन लागेकाहरुप्रति कडा देखिने प्रहरी योपटक भने नरम देखिन्थे ।

शुक्रबार मात्रै ३०/४० जना भन्दा बढीलाई काठमाडौं बाहिर जाने खाली गाडीमा चढाएर पठाइदिएको एक प्रहरीले बताए ।

सर्वसाधारणहरु प्रहरीलाई आफ्नो गन्तब्य बताउँदै सोही स्थानतिर जाने मालबाहक ट्रक रोक्न लगाइरहेका थिए ।

एक प्रहरीले रातोपाटीसँग भने, ‘धेरै दुःख पाउने सर्वसाधारणले नै हो । घर जान भनेर यहाँसम्म आइपुगेकालाई हामीले फर्काएका छैनौँ । मिलेसम्म उनीहरु पुग्ने ठाँउतिर जाने ट्रकको अगाडिको भागमा चढाएर नै पठाइरहेका छौँ । यता हामीले रोक्दा उनीहरुले दुःख पाउँछन् भने किन रोक्ने भनेर हो । अहिले समय नै त्यस्तै छ ।

 

१९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया