सोमबार ०८ कार्तिक २०७८

इटहरी : कर्मचारीमा नयाँ भेरियन्टसहितको कोरोना संक्रमण पुष्टि भएपछि इटहरी उपमहानगरपालिका कार्यालय र वडा कार्यालयहरु सात दिनका लागि बन्द गरिएको छ ।

कार्यपालिकाको आपतकालिन बैठकले २४ गतेसम्मका लागि अति आवश्यकीय कामबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । उपमहानगरको राजस्व शाखामा कार्यरत कर्मचारीमा कोरोना देखिएको थियो ।

त्यसपछि अन्य केही कर्मचारीलाईसमेत कोरोना देखिएको बताइएको छ । कन्ट्रयाक्ट ट्रेसिङका आधारमा अन्यको पनि परीक्षण भइरहेको छ । यता इटहरीस्थित यातायात व्यवस्था कार्यालय पनि २४ गतेसम्मका लागि बन्द गरिएको छ ।

संक्रमणको जोखिम बढेको र सुनसरी जिल्लाभर निषेधाज्ञासमेत जारी भएको भन्दै भोलिदेखि सबै काम बन्द गर्ने जानकारी दिएको छ ।

annapurnapost

१३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया