Monday, November 23

शिवको भगवान गलाको नागको रहस्य

July 27, 2020 249

भगवान शिवको गलामा टासिएको नाग वासुकी हुन् ।वासुकी नाग पिता ऋषि कश्यप र माता कद्रु थिइन् ।वासुकी नागको ठुलो भाईको नाम शेष र अन्य भाईको नाम तक्षक, पिंगला र कर्कोटक आदी हुन् ।शेष नाग विष्णुको सेवक वासुकी शिव को सेवक बनेका थिए । वासुकी भगवान शिवको परम भक्त थिए । वासुकीको भक्तिबाट प्रसन्न भएर भगवान शिवले आफ्नो गणमा सहभागी गराएका थिए ।वासुकीको कैलाश पर्वतको नजिक राज्य थियो । वासुकीनागलोकको राजा मानिएका थिए ।भगवान शिवको साथमा वासुकी नागको पनि पुजा गरीन्छ । यसैले नागपंचमीमा शेषनाग पछि वासुकी नागको पुजा गर्न जरुरी हुन्छ ।
समुन्द्र मन्थनको क्रममा वासुकी नागलाई डोरीको रुपमा पर्वतको चारैतिर कसेर मन्थन गरिएको थियो ।वासुकीको कारण नाग जातीका मानिसहरुले सर्वप्रथम शिवलिंगको पुजा गर्ने प्रचलन शुरु गरेका थिए ।वासुकीले कुन्तीको छोरा भीमलाई १० हात्ती बराबरको बल वरदान दिएका थिए । जब भीम दुर्योधनले विष पिलाएर गंगा नदीमा फ्याकिदिएर भीम परलोक नागलोकमा पुगेका थिए ।वासुकीको शिरमा नागमणी हुन्छ । जब भगवान श्री कृष्णलाई वासुदेवले जेलबाट चुपचाप गोकुल पु¥याएका थिए । उक्त समयमा बेस्सरी वर्षा भएको थियो । त्यति ठुलो वर्षामा वासुकीले श्री कृष्णको रक्षा गरिदिएका थिए ।

प्रतिकृया दिनुहोस्