मंगलबार १२ आश्विन २०७८

देशभर पछिल्लो २४ घण्टामा थप पाच हजार ७२७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १५ हजार ९१६ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यसमा १५ हजार ३९१ जनाको पीसीआर र ५२५ जनाको एन्टीजेन परीक्षण गर्दा ५ हजार ६५७ र ७० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

आजसम्म नेपालमा सङ्क्रमितको सङ्ख्या तीन लाख २३ हजार १८७ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ९२८ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८१ हजार ९५ रहेको छ ।

अहिले देशभर ३८ हजार ८१३ सक्रिय सङ्क्रमित छन् । त्यस्तै पछिल्लो समय कोरोनाका कारण ३३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण तीन हजार २७९ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

२२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया