सोमबार ०८ कार्तिक २०७८

छोरा त कहाँ छस छिटो घर आईजा मलाई धेरै माया लागेको छ भन्दै रोइन आमा

छोरा त कहाँ छस छिटो घर आईजा मलाई धेरै माया लागेको छ भन्दै रोइन आमा

नवलपुरकि दुरपति गिरि छोराको खोजि गर्दै मिडिया आएकी छिन्। मेरा जम्मा ३ वटा छोरा , छोरा ११ बर्षको हुदा श्रीमानको निधन भएपछि मैले धेरै माया दिएर हुर्काएका छोराहरु हुन्। उनीहरुले धेरै बदमास गरे मैले सहेर बसे , मैले कहिल्यै केहि भनिन। ५० बर्षको माइलो छोराले पसल गर्छु भनेपछि मैले हुन्छ भने उसले कलंकी पसल खोल्यो। म बेलाबेला छोरा भेट्न जाने गर्थे।

एक दिन छोरासंग बसे त्यसपछि उसले मलाई दिदीको घरमा छोड्यो। आमा बस्नुस म भोलि आउछु भनेर गएको छोरा भोलि , पर्सी पनि आएन। म घरमा आएर कान्छो छोरालाई दाई का गयो भने , त्यसपछि उ खोज्न गयो। तर उसले पनि भेटेन। छोराले पसल गर्छु भनेर मैले ऋण खोजेर दिएको थिए , उ माथि केहि ब्यबहार थिएन। छोराले पसल बेच्यो भनेपछि म गएको थिए पैसा कता राखेको छ भनि तर उ कहा गयो।

छोरा तास खेलेको हुनाले छोरा र बुहारीको झगडा भएको रहेछ। साथि भाईको बीच तास खेलेको भन्दै श्रीमती ले गालामा हानेको हो रे त्यसपछि छोराले यसको मुख कहिल्यै हेर्दिन भनेको थियो रे। त्यस कारण होला मेरो छोरा कहाँ गयो। जहा छस बाबु छिटो घर आईजा मलाई धेरै माया लागेको छ।

५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया