आइतबार ३१ आश्विन २०७८

आज शुक्रबार । शुक्रबारको दिन सन्तोषी माता, लक्ष्मी र कुबेर यन्त्रको पूजा आराधना गरे घरमा धनका साथै समृद्धि हुने धार्मिक विश्वास गरिन्छ । माता लक्ष्मीको व्रत बसी विधिवत रुपमा पूजा आराधना गर्नुपर्ने मान्यता रहेको छ । जसले जीवनभर तपाईंको आर्थिक पक्ष बलियो बनाउन सहयोग पुर्‍याउँछ । यो दिन व्रत लिने व्यक्तिले फलाहारका रुपमा चना र सख्खर प्रयोग गर्नु उत्तम हुनेछ ।

व्रतमा अमिलो खानु ठूलो त्रुटी हुनेछ । साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ । धार्मिक रुपमा शुक्रबार तीन किसिमको व्रत तथा पूजा गरिन्छ । यीनीहरुको व्रत विधि भने अलग-अलग हुन्छन् । यो दिन सेतो कपडा लगाउनु पर्छ । शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिने विश्वास छ ।

शुक्रबारको दिन सन्तोषी माताको व्रत बस्ने पुरुष तथा स्त्रीले सुख-शान्ति तथा मनोकांक्षा पूरा हुनेछ । शुक्र ग्रहले पीडित हुँदा शान्तिका लागि सेतो रंगको घोडा दान गर्नुपर्दछ । रंगीन वस्त्र, रेशमी कपडा, घिऊ, सुगन्ध, चिनी, खाद्य तेल, चन्दन, कपुरको दानले शुक्र ग्रहको विपरित दशामा सुधार हुनेछ । शुक्रसँग सम्बन्धित रत्नको दानले पनि लाभ मिल्नेछ । यस वस्तुहरुको दान शुक्रबारको दिन सन्ध्या कालमा कुनै युवतीलाई दिनु उत्तम हुन्छ ।

शुक्र ग्रहसँग सम्बन्धित दशाले समस्याग्रस्त हुनुहुन्छ भने शुक्रबारको दिन व्रत बस्नु पर्दछ । शुक्रबारको दिन शुक्र ग्रहको पूजा गरे प्रेम र धन प्राप्त हुन्छ । ग्रहहरुमा सबैभन्दा चम्किलो ग्रह शुक्र हो । शुक्र ग्रहलाई प्रेमको प्रतीक मानिन्छ । जसको जन्म कुन्डलीमा शुक्र आफ्नो दशाको कारण अशुभ फल दिइरहेको छ । र यसको प्रभावले विभिन्न रोगको सामना गर्नु परिरहेको छ भने शुक्रलाई खुशी बनाए बिग्रिएको ग्रह सुद्दिकरण गर्नुपर्छ ।

शुक्रले मुख्यरुपमा हाम्रो जीवनको सुखसँग सम्बन्ध राख्दछ । वैभव, ऐश्वर्य, सम्पदा र प्रसिद्धि शुक्र ग्रहको पूजा गर्नाले प्राप्त हुने विश्वास गरिन्छ । त्यसैगरी कुबेरको पूजा गर्नका लागि सवैभन्दा उत्तम बारका रुपमा शुक्रबार मानिन्छ । तामाको एक प्लेटबाट बनेको कुबेर यन्त्रलाई आफ्नो घर, अफिस तथा पसलहरुमा राख्न सकिन्छ । यसले जीवनमा सुखी, सम्पन्न र ऐश्वर्या प्राप्त गर्नको लागि कुबेर ७२ अंकलाई शुभ मानिन्छ ।

कुबेर यन्त्र हरेक पटक आफ्नो आँखाले देख्ने गरी राख्नुपर्छ । यसको मुख उत्तर वा पूर्वी दिशामा फर्काएर राख्ने गर्नुपर्छ । हरेक बिहान पुजा गर्दा सुगन्धित धुप बाल्नुपर्ने हुन्छ । जसले गर्दा घरमा सकारात्मक उर्जा प्रदान गर्छ र नकारात्मक उर्जा हटेर जान्छ । कुबेर यन्त्रको पूजा गर्दा भगवान कुबेरको मन्त्र जप गर्नुपर्छ । ॐ श्रीं ह्रीं क्लीं श्रीं क्लीं वित्तेश्वराय नमः॥ यो मन्त्र हरेक बिहान २१ या १०८ पटक जप गर्नुहोस् ।

nepalraibar

२४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया