बिहिबार ११ कार्तिक २०७८

धार्मिक ग्रन्थमा भनिए अनुसार यदि कुनै पनि मानिसले यस्ता नियम हरू पालना गर्ने हो भने सम्पूर्ण मानिसहरू सफल हुने थिए । नैतिक शिक्षाको कमिले गर्दा सामान्य तरिकाले दैनिक जीवनमा गर्नुपर्ने नियम हरू पनि हामीलाई थाहा हुँदैन र भए पनि हामीले गरिरहेका हुँदैनौ ।

हामीले सामान्य बोलीचालीको भाषामा कतिपय कुराहरू भन्ने गर्छौँ तर व्यवहारमा प्रयोग गर्ने सकिरहेका हुँदैनौ यस्ता कुराहरूलाई प्रयोग गरेमा जस्तोसुकै कामहरू पनि सजिलोसँग सम्पन्न हुनेथियाे ।

कराग्रे वसते लक्ष्मी: करमध्ये सरस्वती…
करमूले तु गोविन्द: प्रभाते कर दर्शनम्.!!!

यदि कुनै पनि मानिसले बिहान उठ्ने बेलामा माथि लेखिएको श्लोक कण्ठ पारेका हातको दर्शन गर्न सकेमा लक्ष्मीको साथ दिनभरै नै रहिरहने शास्त्रमा उल्लेख गरिएको छ ।

मानिसको हातमा अगाडिको भागमा धनकी देवी लक्ष्मीको निवास हुने कुरा उल्लेख छ । त्यस्तै हातको मध्य भागमा विद्याकी देवी सरस्वतीको बाँस हुन्छ भने मूल भागमा भगवान् नारायणको बाँस हुने हुँदा यदि बिहान उठ्नु भन्दा पूर्व नै यसरी हातको दर्शन गरेमा सम्पूर्ण कार्य सिद्ध हुने शास्त्रमा उल्लेख गरिएको छ ।

धनकी अधिष्ठात्री लक्ष्मी त्यस्तै विद्याकी अधिष्ठात्री सरस्वतीको बाँस सधैँभरि भइरहने हुँदा यसरी दर्शन गरेमा सम्पूर्ण मनोकामना पूर्ण हुने कुरा बताइएको छ । हरेक काम गर्नका लागि हातको कुरा हरू नै आउँदछ । कसैको हात लक्षिणकाे रहेछ भनेर भन्ने गरिन्छ भने कसैले गरेको काम कहिल्यै नबन्ने भनेर भनिरहेका हुन्छौँ । त्यसैले सबैभन्दा महत्त्वपूर्ण कामका लागि हात नै हो हातको वन्दना गर्ने सकेमा समस्त ईक्षा पूर्ण हुने उल्लेख गरिएको छ ।

वैज्ञानिक हिसाबले हेर्ने हो भनेपनि निद्राबाट उठ्ने बित्तिकै हाम्रो आँखाकाे नशाहरू पूर्ण रूपमा खुलिसकेको हुँदैन यस्तो अवस्थामा टाढाको वस्तु हेर्दा खेरि आँखामा गम्भीर असर पर्ने भएकाले पनि एकै पटक टाढाको बस्तु हेर्ने नहुने विज्ञहरूले जानकारी गराएका छन् । धार्मिक कुराहरूलाई पछिल्लो समयमा विज्ञानले अनुसन्धान गरिरहेको छ ।

त्यस्तै यदि कुनै पनि मानिसको हातमा त्रिभुज, शङ्ख,मुठ्ठी पार्दा माछाको आकृति मुठ्ठी भित्रै परेको अवस्थाका मानिस हरूको हातमा एकदमै सह रहने तथा सर्वगुण सम्पन्न हुने कुरा पनि उल्लेख गरिएको छ । यस्ता मानिसहरूले आफ्नो भन्दा पनि अरुकाे लागि गरिदिएको सम्पूर्ण कामहरू सफल हुने उल्लेख गरिएको छ ।

postpatrika

४९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया