आइतबार ३१ आश्विन २०७८

बाँकेमा कोरोना सङ्क्रमणका कारण १०० भन्दा बढीको ज्या’न गएको छ । कोरोना सङ्क्रमित भई बाँकेका अस्पतालमा भर्ना भएका थप छ जनाको उपचारका क्रममा मृ’त्यु भएको छ । मृ’तक नेपालगञ्ज, कोहलपुर र बर्दिया बढैयाताल गाउँपालिका निवासी छन् ।

गए राति ९ः०० देखि बिहान ५ः३० बजेसम्मको अवधिमा भेरी अस्पताल नेपालगञ्ज र नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा गरी छ सङ्क्रमितको मृ’त्यु भएको कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

postpatrika

१९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया