आइतबार ०३ आश्विन २०७८

काठमाडौं । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाका छोरा अभिषेक विक आफ्नै घरको छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताउनुभयो । बुटवलको चौराहा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको भण्डारीले बताउनुभयो । शवपरीक्षण गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

kalikasanchar

८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया