बिहिबार ११ कार्तिक २०७८

रवि लामिछानेले आफ्नो कार्यक्रम सिँधा कुरा जनतासँग कार्यक्रममा नेकपा माओवादीको अध्यक्ष प्रचण्डको जिल्ला चितवनमा पुगेर कार्यक्रममा प्रचण्डको बारेमा बोलेका छन्, उने उक्त कार्यक्रमबाट प्रचण्ड मात्रै नेपालमा कम नेता मध्यका नेता हुन जस्लाई विश्वले नै मानेको छ र नेपालको केन्द्रबिन्दुको नेता रहेका छन्।
प्रचण्ड मात्र नेपालका यस्ता नेता हुन जस्ले हजारौ जनताका छोरा छोरीलाई आफ्नो ज्यानको बाजी लगाएर युद्दमा होमाएर आज खुल्ला हिसाबमा प्रत्यक नागरिकको अभिव्यक्ती राख्ने ठाँउमा पुर्याएका छन्।

प्रचण्डले देश हाकेका नेता हुन तर आज स्थापित गर्नु पर्ने बेलामा नसकेको र देश ले अब फेरी युद्दकालको प्रचण्डको आव्श्यकता परेको भन्ने बताएका छन्।

यो पनि:

 

सारा काठमाडौं जब सुतिरहेको हुन्छ, इन्जिनियर रमण महतो रातभरि जागै हुन्छन् । र, त साढे दुई वर्षमै ठडिएको छ, काठमाडौंको शान, मान र गौरव बनेको ऐतिहासिक धरहरा ।त्यसो त धरहरा साढे दुई वर्षमै बनेको भने पनि पाँच वर्ष बराबर समय हो । ***यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***यीनै इन्जिनियर हुन जसले दिनरात नभनी ठड्याए ऐतिहासिक धरहरा

किनभने रमणले दिन पनि भनेनन्, रात पनि भनेनन् । नेपालमा ‘डे-लाइट कल्चर’ छ । तर यसमा रातदिन दुवै सिफ्टमा एकनाश काम भयो ।धरहरा निर्माणको कन्ट्र्याक्ट पाएका रमणलाई पक्कै थाहा थियो- सबैका नजर धरहरा परियोजनामै छ । २०७२ वैशाख १२ मा धरहरा ढलेपछिको खिन्नता उनी बुझ्थे । काठमाडौँको एकल पहिचान लगभग हराएको थियो । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***

भग्नावशेषतिर हेरेर टोलाउँथे काठमाडौँबासी । धरहरा सिर्फ भवन मात्र थिएन, देशकै धरोहर थियो । त्यसैले उनले रातदिन नभनीकन काम गरे ।त्यसो त धरहरा पुनर्निमाणको जिम्मा पाएको जीआईईटीसी–रमण कन्स्ट्रक्सन चाइनिज कम्पनीसँगको ज्वाइन्ट भेन्चर हो । तर यसको निर्माण नेतृत्व नेपालीले नै गरे । सिमेन्ट छड, गिटी बालुवा पनि नेपालकै प्रयोग गरिएको छ, प्रविधि विदेशी ।

सिभिल हस्पिटल बनाइरहेको चाइनिज टोलीले नेपाली मौलिकता पक्कै महसुस गरेको थियो । नेपाली निर्माण टोली ३० वर्षसम्म देशबाहिर काम गरेको अनुभवी पनि थियो ।रमणको निर्माण कम्पनीको सत्प्रयासमा ६ वर्षमै धरहराले आफ्नो उचाइ पाएको छ ।

वैशाख १२ गते नघाएको भए सात वर्ष लाग्थ्यो । त्यसैले प्रधानमन्त्री केपी ओलीले लोकतन्त्र दिवसको अवसर पारेर ११ गते नै लिफ्टबाट धरहराको २० औं तलामा पुगेर पुष्पवृष्टि गरी यसको उद्घाटन गरे ।संयोग के भने प्रधानमन्त्रीकै हैसियतमा ओलीले २०७२ फागुन ४ गते ‘मेरो धरहरा मै बनाउँछु’ अभियान घोषणा गरेका थिए भने २०७५ पुस ५ गते उनले प्रधानमन्त्रीकै हैसियतमा यसको शिलान्यास गरेका थिए । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

स्थिर सरकार हुनुको एउटा उदाहरण धरहराको उद्घाटन पनि उनकै हातबाट भयो ।प्रधानमन्त्रीले उद्घाटन भाषणमा यथासमयमै धन्यवाद र स्याबासी मात्र दिएनन्, बाँकी काम पनि समयमै सक्न निर्देशन दिए । ‘एउटै प्रधानमन्त्रीले शिलान्यास र उद्घाटन गर्न पाएको यो पहिलो र बिरलकोटी अवसर हो,’ रमण भन्छन्, ‘धरहरा पुनर्निर्माण भए पनि पार्किङ, क्याफ्टेरिया आदि संरचना बनिसकेको छैन ।

हाम्रो म्याद पुससम्म छ । तर प्राविधिक झमेला भएन भने त्यो भन्दा चाँडै सक्छौं ।’त्यसो त २०७७ माघ २ गते नै धरहरा चढेर अवलोकन गर्ने प्रधानमन्त्रीको दृढ सपना थियो । तर त्यतिबेला २० तला मात्र बनेको थियो, दुई तला थपिन बाँकी थियो ।विश्वव्यापी कोरोना महामारीका कारण मुलुकभरि लकडाउन भयो । त्यस बेला धरहरा पुनर्निर्माणको काम दुई महिना ठप्प भयो ।

लकडाउन खुल्नु एक हप्ता अगाडि बर्दिया र सर्लाहीबाट कामदार झिकाइएको थियो । तर सरकारी कागजपत्र भए पनि बीचमा सरकारी निकायबाटै अवरोध झेल्नुपर्यो ।बीचमा यसको डिजाइन पनि बदलियो । सुन्धाराको माथिपट्टी क्याफ्टेरिया तोकिएको थियो । धरहरा नजिकै भयो भन्ने गुनासो आएपछि त्यो ठाउँ बदलियो । त्यसो त सुन्धारा र धरहरा ठाउँका नाम मात्र होइनन्, यिनमा परम्परा पनि जोडिएका छन् ।

स्थानीयको माग अनुसार उपाकु मार्ग पनि निर्माणमा थपियो ।यसबीचमा कति अवरोध आए, कति संघर्ष भए, उनले हिसाबकिताब गरेका छैनन् । सबैभन्दा ठूलो कुरा त दिउँसो गाडी ‘मोबिलाइज’ गर्न गाह्रो थियो । उनले नेपाली सेनामार्फत टुँडिखेलको ग्राउन्डमा सरसामान बिसाउने ठाउँ पाए । त्यसैले उनी पहिलो झमटमै सेनालाई धन्यवाद दिन्छन् ।

५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया