शुक्रबार ०१ आश्विन २०७८

काठमाडौं- भारतमा कोरोना संक्रमण डर लाग्ने गरी बढिरहेको छ ।यसरी बढिरहेको कोरोना संक्रमण २ हप्ताभित्रै शान्त हुने भविष्यवाणी गरिएको छ । भारतको आईआईटी कानपुरका प्राध्यापक मनिन्द्र अग्रवालको टीमले गरेको एक अध्ययनले अबको २ हप्ताभित्रै भारतमा कोरोना शान्त हुने भविष्यवाणी गरेको हो ।

महामारी कहिलेसम्म रहला ? सबैतिर चासो र जिज्ञासा भइरहेका बेला यस्तो खुशी थपिने भविष्यबाणी बाहिर आएको हो । भारतीय सञ्चारमाध्यम आजतकका अनुसार टीमले अध्ययनमा यतिबेला कोरोना उच्चविन्दुमा रहेको दाबी गरिएको छ ।मे पहिलो हप्तादेखि दोस्रो हप्तासम्म भारतमा कोरोना शान्त भइसक्ने अध्ययनको निष्कर्ष छ । यतिबेला महाराष्ट्र, दिल्ली र उत्तर प्रदेशमा कोरोना संक्रमण उच्चविन्दुमा छ ।

आगामी हप्ताबाटै संक्रमण दर घट्दो क्रममा जाने अध्ययनको निष्कर्षमा उल्लेख छ ।अब दिल्लीमा धेरै संक्रमित बढ्ने सम्भावना छैन । देशभर बढीमा दैनिक ४ लाखसम्म संक्रमित देखिनसक्ने बताइएको छ ।। जुन महिनासम्म कोरोना महामारीबाट सर्वसाधारणलाई मुक्ति मिल्ने बताइएको छ ।

postpatrika

१३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया