मंगलबार १२ आश्विन २०७८

तनहुँको ऋषिङ गाउँपालिका–१ धारापानीमा आज साँझ स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दमौलीबाट जाँदै गरेको ग१८प ३७७ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टँदा ऋषिङ–४ बस्ने ३७ वर्षीय सन्देश गजमेरको मृत्यु भएको हो ।

उनलाई दमौली अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । दुर्घटनामा सोही ठाउँ बस्ने ३७ वर्षीया पवित्रा रानाभाट घाइते भएकी छन् । निजलाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ ।

sajhapage

१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया