मंगलबार १२ आश्विन २०७८

एजेन्सी । भारतमा कोरोना भाइरसको प्रकोप तिब्र रुपमा बढी रहेको छ । संक्रमणको गति बढिरहँदा भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई लाख बढी भएको छ ।

वर्ल्डोमीटरका अनुसार भारतमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा ३ हजार २ सय ८५ जनाको निधन भएको छ । योसंगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेहरुको संख्या २ लाख १ हजार १ सय ६५ पुगेको छ ।

भारतमा राजधानी दिल्ली तथा महाराष्ट्रमा कोरोनाको प्रकोप अत्यधिक छ । त्यहाँ मंगलबार मात्रै एकै दिन सबैभन्दा बढी निधन भएको तथ्यांक छ । दिल्लीमा अहिलेसम्मको सबैभन्दा बढी निधन मंगलबार नै भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३ सय ८१ जनाले ज्यान गुमाए ।

महाराष्ट्रको स्थिति अझै भयावह छ । त्यहाँ मंगलबार कोरोनाका कारण ८ सय ९५ जनाको निधन भयो । २४ घण्टामा ६६ हजार ३ सय ५८ नयाँ संक्रमित थपिए । त्यहाँको कोरोनाका कारण मृत्युदर १ दशमलव ५ प्रतिशत पुगेको छ ।

news18nepal

९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया