Wednesday, October 28

आइतबार न्यायाधीश, नगरप्रहरीसहित सात जनामा कोरोना संक्रमण पुष्टि

July 26, 2020 110

सप्तरीमा सात जना संक्रमित थपिए

निषेधाज्ञा जारी गरेर सप्तरीमा परीक्षण तीव्र पारिएपछि संक्रमितको संख्या बढ्दै गएको छ ।आइतबार न्यायाधीश, नगरप्रहरीसहित सात जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।आ

उच्च अदालत जनकपुरधाम, राजविराज इजलासका ५८ वर्षीय न्यायाधीशको परीक्षण रिपोर्ट पोजेटिभ आएको यादवले बताए । अर्का एक जना नगर प्रहरीमा समेत संक्रमण पुष्टि भएको छ । यी दुई जना समुदायका व्यतिm बाहेक पाँच जना क्वारेन्टिनमा बसेका व्यतिmमा संक्रमण पुष्टि भएको यादवले बताए ।

संक्रमण पुष्टि भएकाहरुमा तिरहुत गाउँपालिका– २ का ३९ वर्षीय पुरुष, वडा नम्बर ३ का ३८ वर्षीय पुरुष, वडा नम्बर ४ का २६ वर्षीय पुरुष, वडा नम्बर ५ का २८ वर्षका २ जना पुरुष रहेको स्वास्थ्य प्रमुख यादवले बताए । यससँगै सप्तरीमा संक्रमितको संख्या चार सय ३४ पुगेको छ ।

समुदायमा संक्रमण फैलिएपछि राजविराज नगरपालिकामा स्थानीय प्रशासनले तीन दिनदेखि निषेधाज्ञा जारी गरेको छ । संक्रमितहरुलाई गजेन्द्रनाराण सिंह सगरमाथा अस्पतालको आइसोलेसनमा लग्ने तयारी भैरहेको स्वास्थ्य प्रमुख यादवले बताए ।

Source Nagarinews

प्रतिकृया दिनुहोस्