आइतबार ३१ आश्विन २०७८

आम नेपालीको मन जितेका नायक प्रसान्त तामाङ्गलाइ मातृ सोक परेको छ।उनकी आमाको असमाहिक निधन भएको उनको फेसबुक पोष्टमा जानकारी दिएका हुन्।इन्डियन आइडल समेत बनेका प्रसान्तले चलचित्र परदेशिबाट सबैको मन जितेका थिए।

उनले परदेशी दुइ पनि खेलेका छन।दशैंमा सार्बजनिक हुने तयारीमा रहेको परदेशी दुइमा पनि प्रसान्तको बिशेष भूमिका रहेको छ।प्रसान्तले आफुलाई सबै भन्दा धेरै माया गर्ने आमालेनै छाडेर गइन भन्दै फेसबुकमा सबैलाई रूहाउने स्टाटस पोस्ट गरेका छन।उनि संगै

चलचित्र निर्देशक तथा बरिष्ठ लोक गायक नारायण रायमाझीले पनि एउटा लामो स्टाटस पोस्ट गर्दै प्रसान्तलाइ धैर्य धारण गर्ने क्षेमता मिलोस भन्ने कामना गरेका छन। नारायण रायमाझीको फेसबुक पोस्टमा यस्तो लेखिएको छ::

हार्दिक श्रद्धान्जली आमा हजुर ले आफनो कोख बाट जन्म दिएको सपुत जस्ले संसार भरीका नेपालीहरूको मन लाई एकैठाउ मा बनायको त्यो क्षण, पाल्पाली ढाकाको टोपी छोराको सिरमाथी पहिराई दिदा सारा नेपालीको सिर सगरमाथा जस्तै उच्च भयको त्यो क्षण, हजुरले प्रशान्त लाई जन्म दिनुभएको थियो र त म पनि

चलचित्र निर्देशक नारायण रायमाझी भएर चिनिने अबसर प्राप्त गरेको थिए।हजुरले यति चाँडो यो सन्सार छोडेर जानुहुन्छ जस्तो एक रति पनि लागेको थिएन र अझै पनि बिश्वास लागेको छैन, विधीको विधान कसैले रोकेर रोकिँदैन रहेछ , बैकुण्ठमा बास होस् आमा, हजुर को आत्माको चिर शान्तीको कामना छ, प्रिय प्रसान्त हामी सबै चलचित्र (परदेशी २) परीवार को समवेदना छ है धैर्य गर्नु !

यो पनि पढ्नु होस्

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताको बैठक विना निष्कर्ष टुंगिएको छ । सरकारविरुद्ध कांग्रेस र माओवादी मिलेर ल्याउन लागेको अविश्वासको प्रस्तावमा समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय बैठक बसे पनि आजको बैठकले कुनै निर्णय गरेन ।

बैठकमा सहभागी एक नेताका अनुसार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा भएको छलफलबाट कुनै निष्कर्ष निस्किएन । पार्टीका शीर्ष नेताहरु महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ बैठकमा सहभागी थिए ।

हाल जसपाका ठाकुर र महतो प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने पक्षमा छन् । यस क्रममा उनीहरुले विभिन्न चरणमा सरकारसँग वार्ता गरिसकेका छन् ।

तर, जसपाका अर्का दुई नेता यादव र भट्टराई भने सरकारमा जानुहुन्न र ओलीविरूद्ध अविश्वास प्रस्ताव अगाडि बढाउनुपर्छ भन्ने पक्षमा छन् । जसपाको अनिर्णयका कारण सरकारविरुद्ध तत्काल अविश्वासको प्रस्ताव नआउने भएको छ ।

paluwakhabar

११७ पटक हेरिएको

तपाईको प्रतिक्रिया