Thursday, December 3

प्रहरीलाई १ सय ४५ रुपैयाँ घुस दिन खोज्ने एक जना पक्राउ

July 26, 2020 88

भक्तपुर । प्रहरीलाई १ सय ४५ रुपैयाँ घुस दिन खोज्ने एक जना पक्राउ परेका छन ।

मध्यपुर ठिमी नगरपालिका–२ सानोठिमीस्थित सडकमा महानगरीय प्रहरी प्रभागबाट ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभन देखाई १४५ रुपैँया घुस दिन खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङ विराटनगर उपमहानगरपालिका–१ घर भई हाल सानोठिमी बस्ने ३० वर्षीय जीवन श्रेष्ठ रहेका छन । बा.९० प २२५० नम्बरको मोटरसाइकल जाँच गर्नेक्रममा मादक पदार्थ सेवन गरेका उनले प्रहरीलाई पैसा दिन खोजेका हुन् । प्रहरीले उनलाई उक्त नगद र मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्