आइतबार ३१ आश्विन २०७८

रुपन्देही । गृहजिल्ला अर्घाखाँचीबाट फर्के लगत्तै उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ । गृहजिल्ला अर्घाखाँचीमा भएको एक कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किए लगत्तै मन्त्री रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको रायमाझीको सचिवालयले जनाएको छ । लक्षण सहितको कोरोना संक्रमण देखिएपछि मन्त्री रायमाझीले वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना भएर उपचार गराईरहेका छन् ।

news18nepal

६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया