शनिबार १८ मंसिर २०७८

काठमाण्डाै – धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष घुस लिएको आठ लाख रुपैयाँ भुइँमा फालेर फरार भएका छन् । अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीले भवन निर्माण

सम्पन्नपछि भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियारको टोली खटिएको थियो । अध्यक्ष डम्बरबहादुर राउत क्षेत्री गाउँपालिकाको गाडीमा भाग्ने क्रममा अख्तियारको

टोलीलाई देखेपछि आठ लाख रुपैयाँ भुइँमा फालेर भागेका अख्तियारले जनाएको छ  अख्तियारको टोलीले आठ लाख रुपैयाँ  र गाउँपालिकाका अध्यक्षका चालक वीरबहादुर मगरलाई पक्राउ गरेको छ ।

जापानमा फेरि अर्का नेपालीको निधन एकै महिना ३ जना नेपाली संधैको लागि अस्थाए

टोकियो/जापान । जापानमा फेरि अर्का एक नेपाली युवाको निधन भएको छ । नेपाल बाग्लुङ जिल्ला गल्कोट नगरपालिका वार्ड नं ५ दाङ्सिङ घर भई हाल जापानको राजधानी टोकियो स्थित कामतामा बस्ने ३८ बर्षिय मोहन बस्नेतको यहि फेब्रुअरी २७ तारिख असामयिक निधन भएको हो ।

बस्नेत शनिबार आफ्नै कोठामा मृत भेटिएका हुन् । निकटस्थ व्यक्तिहरुका अनुसार, परिवारका अन्य सदस्य (श्रीमती र १४ महिनाका छोरी )किनमेलमा निस्किएका बेला उनले आफैले आफ्नो ज्यान लिएका लिएका हुन् ।

बस्नेतको परिवारका अन्य सदस्यहरु संगै ८ वर्षे छोरा भने नेपालमै रहेका छन् । अस्पतालमा पोष्ट मार्टम तथा अन्य आवश्यक प्रकृयाहरु सकिएको उनको पार्थिव शरीरलाई जापानमा नै दाहसंस्कार गरिने बताईएको छ । प्राप्त जानकारी अनुसार

यहि ४ मार्च बिहान ९:३०~१:०० बजेसम्म tokyo to ota ku heiwanomori koen 2-3
(Heiwa no mori kaikan 03-3766-425श्रद्धांजली कार्यक्रम गरिने छ भने सोहि दिन दिउँसो १:३० मा शव बाहन tokyo to ota ku tokai 1-3 (Rinkai kasjo 03-5755-2838)

मा प्रस्थान दिनको २:०० दाहसंस्कार गरिने छ । यसै महिना यस अघि जापानको नागोया र मियाजाकी केनमा १/१ जना गरि २ जना नेपालीहरुको निधन भएको थियो ।

nepalisurya

२६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया