Thursday, November 26

काठमाडाैँकाे मुटु असनमा पसल गर्दै आएका एक पुरुष र महिलालाई कोरोना संक्रमण !

July 26, 2020 205

११ श्रावण २०७७, आईतवार काठमाडाैँ ।असनमा पसल गर्दै आएका एक पुरुष र महिलालाई शुक्रबार कोरोना संक्रमण देखिएकाे छ। १९ दिनअघि भारतको सीतामढीबाट काठमाडौं फर्किएकी एक महिला परीवारमा घुलमिल भइ बसेकाे बताइएकाे छ । जसबाट परिवारका सदस्यमध्ये दिदी र भाइलाई कोरोनाको लक्षण (ज्वरो, सुक्खा खोकी र सास फेर्न गाह्रो हुने) देखिएपछि पीसीआर परीक्षण गराउँदा नतिजा पोजिटिभ देखिएकाे हाे ।उनीहरूसहित शुक्रबार काठमाडौं उपत्यकामा १६ जनालाई संक्रमण देखिएको थियो ।

यसमध्ये ती दिदीभाइसहित नौ जनालाई लक्षण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमप्रसाद कोइरालाले बताए ।कोइरालाका अनुसार बिहीबार पनि १० जनामध्ये २ जनामा लक्षण देखिएको थियो ।एक जना कालीमाटीमा तरकारी पसल गर्ने पुरुष हुन् । उनी पनि भारतबाट फर्केका हुन् । त्यस्तै, बाराका एक स्वास्थ्यकर्मीलाई ज्वरो देखिएपछि उपचारका क्रममा काठमाडौं आए, परीक्षण गर्दा कोरोना पोजिटिभ देखियो । श्रीमतीको स्वाब परीक्षण गर्दा उनलाई पनि कोरोना देखिएको छ ।

दुवैमा कोरोनाको लक्षण पाइएको छ ।सरकारले लकडाउन खुलाउने निर्णय सार्वजनिक भएकै दिन असार ६ मा १५ जनामा कोरोना देखिएकोमा ५ जनामा लक्षण पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा ४ सय ९ संक्रमितमध्ये २ सय २८ जना सक्रिय संक्रमित छन् ।

 

प्रतिकृया दिनुहोस्