आइतबार ०३ आश्विन २०७८

एजेन्सी । बंगलादेशले भारतसँगको सीमा सिल गरेको छ । भारतमा को’रोना भा’इरसका संक्रमण बढेको बढ्यै भएपछि बंगालदेशले भारतसँगको सीमा सिल गरेको हो। बंगलादेशी सञ्चारमाध्यमहरूका अनुसार सोमबारदेखि १४ दिनका लागि भारत बाट बंगलादेशमा प्रवेश निषेद गरिएको छ । नाका सिल भए पनि सामानहरूको ढुवानी भने जारी रहनेछ ।

पछिल्लो समय भारत को’रोनाको ह’टस्पट बनेको छ । भारतमा एकैदिन साढे तीन लाख भन्दा धेरै संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार तीन लाख ५२ हजार ९९१ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण २८ सय १२ जनाको ज्यान गएको छ। भारतमा कुल संक्रमितको संख्या एक करोड ७३ लाख १३ हजार १६३ पुगेको छ।

यस्तै अहिलेसम्म म’र्नेको संख्या एक लाख ९५ हजार १२३ पुगेको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ। हाल भारतमा सक्रिय संक्रमितको संख्या २८ लाख १३ हजार ६५८ पुगेको छ। अहिलेसम्म १४ करोड १९ लाख ११ हजार भन्दा धेरैलाई को’रोना भा’इरस विरु द्धको कम्तीमा एक मात्रा खोप लगाइएको छ। पछिल्ला दिनहरुमा भारतका विभिन्न अस्पतालहरुमा आइसियू तथा भेन्टिलेटरको अभावसँगै अत्यावश्यक अक्सिजनको पनि अभाव भएको छ।

zkhabar

९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया