मंगलबार १२ आश्विन २०७८

व्यवसायीहरुले विमानलाई चल्न दिएर सार्वजनिक सवारी मात्रै बन्द गर्ने गरी निर्णय भएमा अवज्ञा गर्ने चेतावनी दिएका छन् । जिल्ला प्रशासन कार्यालयहरुले गरेको सार्वजनिक यातायात बन्द गर्ने निर्णयमा द्वैध नीति देखिएपछि यातायात व्यवसायीले असन्तुष्टि पोखेका हुन् ।

काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले असोज १६ गतेदेखि सार्वजनिक यातायात बन्द गरेर निषेधाज्ञा लगाउने निर्णय गरेका छन् । जसमा आन्तरिक हवाई सेवाका विमानलाई भने यथावत रुपमा सञ्चालन गर्न दिने उल्लेख छ ।

ठूला व्यवसायीको लगानी रहेको विमानमाभरि यात्रु बोक्न दिने, बसमा यात्रु किन बोक्न नदिने ? भन्दै उनीहरुले गाडीमा पनि सिट क्षमताअनुसरकै यात्रु बोक्न पाउनुपर्ने माग अघि सारेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला सवारीलाई रोक्दै विमान चलाएर महामारी नरोकिने बताए । ‘हामीले सवारी बन्द गरेर महामारीको चेन ब्रेक हुन्छ भने हामी योगदान गर्न तयार नै छौं,’ उनले भने, ‘तर, हामीले सवारी बन्द गरेर बस्दा विमान चलिरहेमा त्यसले कसरी महामारी रोकिन्छ ?’

आन्तरिक उडानमा यात्रुबीच दूरीको नियम पालना हुँदैन । विमानका यात्रु र वायुसेवा सञ्चालकले जे–जे मापदण्ड पालना गर्छन्, हामी पनि त्यो पूरा गर्न आफूहरु पनि तयार रहेको उनको भनाइ छ ।

nepal24khabar

 

२५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया