मंगलबार १२ आश्विन २०७८

तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्ने त्रिशूली नदीमाथि पुल बनाउने क्रममा खसेर एक जना मजदुरको मृत्यु भएको छ । अर्का एकजना बेपत्ता भएका छन् भने ८ जना घाइते भएका छन् ।

आइतबार बिहान ९ बजेतिर चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने निर्माणाधीन पुलबाट १० जना मजदुर त्रिशूली नदीमा खसेका थिए । तीमध्ये एकजना भारतीय नागरिक विजय यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बेपत्ता व्यक्तिको खोजी भइरहेको छ भने घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । त्रिशूली नदीमाथि निर्माणाधीन पुल गत चैत अन्तिम साता भत्किएको थियो । सोही पुल निर्माणमा खटिएका मजदुरहरु नदीमा खसेका हुन् ।

khabar.enewsnepali

१४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया